मुख्य समाचार
बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग
बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग

। बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो।

बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो।

जेनेरेटर सञ्चालन गरेपछि अब उक्त समस्या समाधान हुने नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताए। घण्टौँसम्म लाइन नआउँदा फ्रिजमा राखिएको रगत आवश्यक तापक्रमभन्दा बढी तातिने हुँदा बिरामीलाई दिन नमिल्ने हुने उनको भनाइ छ ।

लाइन जाँदा रातिमा मोबाइलको लाइट बालेर रक्तदान गर्ने र बिरामीलाई सेतो रगत उपलब्ध गराउनुपर्ने बाध्यता अब हट्ने साभापति आचार्य बताउँछन् । अहिलेसम्म सामान्य व्याट्रीबाट रक्तसञ्चारमा काम हुँदै आएकामा अब व्यवस्थित रूपमा सेतो रगत उत्पादन गर्न र रगतलाई व्यवस्थित रूपमा भण्डारण गर्न सकिने उनको भनाइ छ ।

सभापति आचार्यले भने, ‘रक्तसञ्चार केन्द्रमा विद्युत् आपूर्तिमा नहुँदा धेरै समस्या थियो, केही समय अगाडि सेतो रगत उत्पादन गर्न सुरु गरेका थियौँ, तर विद्युत्का कारण समस्या थियो, सहयोगका लागि अमेरिकामा रहनुभएका बागलुङवासीलाई आग्रह गरेका थियौँ, उहाँहरूले सहज रूपमा सहयोग गरिदिनुभयो, अब यहाँबाट प्रवाह हुने सेवा थप प्रभावकारी बन्नेछ ।’

बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले विदेशमा रहे पनि आफ्नो देश र जन्मभूमिप्रतिको माया अथाह हुने भन्दै यहाँका समस्या समाधानका लागि आफूहरू लाग्दै आएको बताए ।

सेवा समाजले अहिले जेनेरेटरसहितका सामग्री सहयोग गरेर सुरुआत गरेको उनको भनाइ छ । आगामी दिनहरूमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा काम गर्दै जाने प्रतिबद्धता जनाए ।

धौलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्र रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारका समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।

तर चार महिनादेखि यही उत्पादन गर्न थालिएको छ । रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) का लागि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न बागलुङ समाज जापानले १३ लाख ५० हजार सहयोग गरेपछि सेतो रगत उत्पादन गर्न सुरु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...