मुख्य समाचार
एमालेले सरकारसँग खोज्यो विष्णु पौडेल पक्राउको कारण
एमालेले सरकारसँग खोज्यो विष्णु पौडेल पक्राउको कारण

। नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउको कारण खोजेको छ । एमाले सांसद पुष्पराज कँडेलले पार्टीका तर्फबाट यो विषय संसद्‍मै उठाएका छन् ।

सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरेको छ । एमाले सांसद कँडेलले विगतमा केपी शर्मा अ‍ोली माथि लगाइएको आरोपको अर्को रुप भएको बताए ।




आफूहरूले उच्च ओहोदाका मानिसहरूलाई पनि समातेको भन्ने देखाउन, सम्पूर्ण विपक्षीहरूलाई तर्साउने र एमालेलाई बदनाम गराउने उदेश्यबाट प्रेरित रहेको पनि उनले बताए ।

‘विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमथि प्रतिसोध साँधिएको छ’, कँडेलले भने ।



सरकारले करका दरको सूचना चुहाएर गलत काम गरिरहेको तर दोष अरुमथि लगथाउने व्यवहारमा रहेको भन्दै पौडेलको रिहा हुनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । एमाले र नेकपाले चुनावअघि नै कार्यगत एकता गरेको भए करिब १ ...
। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मदन भण्डारीले भनेजस्तै कुरा गरेर मात्रै चिउरा नभिज्ने उदाहरण उनले दिए । ‘हामीले जनताको बदलिंदो मनोविज्ञानलाई बुझ्न ...
। उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन्। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताएका हुन्। उनले शिक्षा क्षेत्रमा नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्नुपर्नेमा जोड दिए। शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्तनसँग ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले सुकुमवासीको नाममा समाजमा डोजर आतंक सिर्जना गरिएको बताएका छन । मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । समाजमा आतंक सिर्जना गरेर सुकुमवासी समस्या समाधान नहुने उनको भनाइ छ । क्रान्तिकारी भूमि सुधार बिना वास्तविक ...
। प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य ...