। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षडयन्त्र भइरहेको बताएका छन् ।
मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत नेपाली कांग्रेस फुटाइएको बताए ।
‘..कसरी फुट्यो, किन फुटायो, फुटेर के भयो ? नेपाली कांग्रेस त फुट्यो,’ ओलीले भने, ‘अरूलाई पनि फुटाउने कोशिस हुन सक्छ । पहिलेपहिले पनि फुटाउने कोशिस भएको छ, पर्टीहरू फुटेका छन् ।’
तर एमालेलाई फुट्न नदिने ओलीले दाबी गरे ।
‘कसैले हात हाल्न खोज्दैमा, त्यस्ता बाहिरबाट हात हाल्न खोजियो भने त्यस्ता कुराहरूलाई हामी चिन्छौ,’ उनले भने, ‘त्यस्ता कुराहरूलाई हामी पराजित गर्छौ । नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध हुनेछ ।’