मुख्य समाचार
२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगारी ठगीका फाइल अब डिजिटल अभिलेखमा
२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगारी ठगीका फाइल अब डिजिटल अभिलेखमा

। वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएका हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी, व्यवस्थापन र डिजिटल अभिलेखीकरण (डिजिटलाइजेसन) गर्ने काम वैदेशिक रोजगार विभागले तीव्र बनाएको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको निर्देशन र विभाग महानिर्देशक मिरा आचार्य नेतृत्वमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धानसम्बन्धी फाइलहरू खोज्ने, वर्गीकरण गर्ने र व्यवस्थित अभिलेख तयार गर्ने अभियान अघि बढाइएको विभागले जनाएको छ।

वि.सं. २०४२ मा वैदेशिक रोजगार ऐन जारी भएपछि श्रम विभागमार्फत वैदेशिक रोजगारसम्बन्धी काम हुँदै आएको थियो। त्यसपछि वि.सं. २०५६ मा श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना भएसँगै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका गुनासा तथा उजुरीहरू त्यहीँ दर्ता हुन थालेका थिए। वि.सं. २०६४ मा वैदेशिक रोजगार विभाग गठन भएपछि ती सबै जिम्मेवारी विभागमा हस्तान्तरण भएका थिए।

विभागका अनुसार अभिलेख व्यवस्थापनका क्रममा वि.सं. २०५७ सालदेखिका मुद्दा तथा अनुसन्धानसम्बन्धी महत्त्वपूर्ण फाइल समेत फेला परेका छन्। करिब २५ वर्षदेखि डम्प अवस्थामा रहेका हजारौं फायल खोजी गरी सालअनुसार वर्गीकरण गर्दै भौतिक अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ।



यससँगै ती फाइलको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने काम पनि तीव्र गतिमा भइरहेको विभागले जनाएको छ। आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई अझ प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारीसमेत गरिएको छ।

वि.सं. २०५७ सालयताका उपलब्ध सबै फाइलहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरी न्याय सम्पादन प्रक्रियासँग आबद्ध गर्ने विभागको योजना छ। यसबाट लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका वैदेशिक रोजगार ठगीका पीडितले छिटो, पारदर्शी र प्रभावकारी सेवा पाउने अपेक्षा विभागको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ । केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । ‘गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि पुलको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेला बेलामा विभिन्न कोणबाट विश्लेषण गर्दै विभिन्न चित्रहरू बन्ने गरेको भन्दै दुखेसो गरेका छन् । उनले आफूले क्रमभंगको कुरा गर्दा उत्पात नै गर्न थाल्यो भन्ने गरेको टिप्पणी गरे । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले एउटै क्रममा बस्ने ...
। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बन्न नदिएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अस्पताल बनाउनका लागि सर्वोच्च अदालतले समेत आदेश दिएपनि प्रदेश र स्थानीय सरकार काँग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गरे । सांसद खनालले उक्त अस्पताल बन्न नदिन आफ्नै ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने दाबी गरेका छन् । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन हेर्दा आजसम्म ३५ प्रतिशत मात्र पनि पूँजीगत खर्च नभएको स्वीकार गर्दै उनले आगामी वर्षबाट सो अवस्था नआउने दाबी गरे । प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले पूँजीगत खर्च बढाउन सके त्यसले राजस्व संकलनमा समेत सुधार आउने ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ लाई पराजित गर्नुपर्ने विचार व्यक्त गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरे । ‘फेरि आज हामी यतिबेला समाजवाद निर्माण ...