मुख्य समाचार
लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ
लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ

। कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय किरण भट्टलाई पक्राउ गरिएको बताए ।

भट्टलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस्तै, टीकापुर नगरपालिका–९ खक्रौलाबाट थप एक जना पक्राउ परेका छन् । एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित बर्दियाको राजापुर नगरपालिका–६ बस्ने २३ वर्षीय प्रमेश थारुलाई पनि पक्राउ गरिएको छ ।

टिकापुर नगरपालिका–९ खैरीपुरबाट २९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित जानकी गाउँपालिका–३ का २१ वर्षीय राहुल तिरुवा र १९ वर्षीय सुरेश खनाल पक्राउ परेका छन् ।

उनीहरूलाई प्रहरी चौकी सत्तीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको डीएसपी तिमिल्सिनाले बताए ।

यस्तै, टीकापुर नगरपालिका–८ खक्रौलाबाट एक ग्राम ९३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित टिकापुरकै २३ वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका–३ लाएकपुरका २४ वर्षीय अर्जुन ऐडीलाई पनि पक्राउ गरिएको छ ।

उनीहरुलाई विशेष सूचनाका आधारमा चेकजाँच गर्दा लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा राष्ट्रिय राजमार्गका पहिरो नियन्त्रण गर्न ठूलो बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी वर्ष राष्ट्रिय राजमार्गका ६८ स्थान तोक्दै र रकम अबण्डामा समेत राखेर पहिरो नियन्त्रण गर्ने उद्देश्यले ३ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । जुन राजमार्ग तथा सडकको नियमित मर्मत सम्भार भन्दा ...
। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्ती पहरा (महभीर) फोडेर सडक निर्माण गरिएको छ । आहाले–रेग्मीटार सडक खण्डको साप्सु खोला किनारमा रहेको घर्ती पहरा फोडेर सडक बनाइएको हो । निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले करिब पाँच महिना लगाएर असार ११ गते चट्टान काटेर घर्तीभीरमा सडक छिचोलेको हो । पहिले गोरेटो बाटोमात्र रहेकोमा मोटर ...
: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा ज्यान गएको छ । गाउँपालिकाको वडा नं. २ बाङ्गेसल्लामा दुर्घटना भएको हो । घटनाको सम्पूर्ण विवरण आइनसकेको स्थानीय प्रहरीले जनाएको छ ।
। पर्यटकीय तथा धार्मिक सम्पदाको प्रवर्द्धन गर्न भन्दै सन्धिखर्क नगरपालिकाले नगरसभा पर्यटकीयस्थलमा सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिका–९ स्थित मसुरपाटामा सम्पन्न नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक पारित गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । नगरपालिकाले नगरसभा सदरमुकामभन्दा बाहिर आयोजना गर्नुको मुख्य ...
: विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड लाग्यो, जहाँ एकैदिन २ सय ७४ जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् २०१९ को मे महिनामा पनि एकैदिन नेपालतर्फबाट २ सय २३ र तिब्बततर्फबाट १ सय १३ जनाले सगरमाथा चढेका थिए। एकैदिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै ...