मुख्य समाचार
पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले
पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

: फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन्। मीयामी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् ।

खेलको पहिलो हाफमा कोलम्बिया पोर्चुगलमाथि हाबी रह्यो तर गोल भने गर्न सकेन। पहिलो हाफको हाइड्रेसन ब्रेकपछि पोर्चुगलले केही लय समाएको थियो। केही प्रयासहरु पनि देखियो, तर सफल भने हुन सकेन।

खेलको दोस्रो हाफमा पोर्चुगल सुरुवाती समयदेखि नै आक्रमक देखिन्थ्यो। सुरुवाति १० मिनेट पोर्चुगल निकै आक्रमक रह्यो। त्यसपछि भने कोलम्बियाले बिस्तारै



आफ्नो लय समायो। खेलमा थप गरिएको तेस्रो मिनेटमा कोलम्बियाले गोल गर्‍यो। तर उक्त गोल अफसाइड घोषित भयो। कोलम्बियाले ३ खेलबाट ७ अङ्क जोड्यो । ‌‌पोर्चुगलले समान ३ खेलबाट ५ अङ्क जोडेर उपविजेता बन्यो।‌
यता ४ अंकसहित डिआर कंगो तेस्रो स्थानमा रहेको छ। यो समूहबाट कोलम्बिया, पोर्चुगल र डिआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। नकआउट चरणमा कोलम्बियाले घानासँग खेल्नेछ। पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ। विश्वकपमा डेब्यु गरेको उज्वेकिस्तान अंकविहीन हुँदै घर फर्किएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम