मुख्य समाचार
आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित
आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित

। इंग्ल्यान्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका छन् ।

समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बंगलादेशले आगामी विश्वकपमा स्थान पक्का गरेका छन् । यस्तै समूह ‘बी’बाट इङ्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड र श्रीलंकाले पनि सिधै छनोट भएका छन् ।

आयोजक राष्ट्र पाकिस्तान भने समूह ‘बी’मा पाँचौं स्थानमा रहे पनि प्रतियोगिताको आयोजक भएकाले स्वतः २०२८ को विश्वकपमा सहभागी हुनेछ । पाकिस्तानले यस संस्करणमा पाँच खेलमध्ये एक खेल मात्र जितेको थियो ।

स्कटल्यान्ड भने शुक्रबार श्रीलंकासँग पराजित भएपछि सिधै छनोट हुने अवसर गुमाएको छ ।

१२ टोली सहभागी हुने प्रतियोगिताको दशौं स्थान जुलाई ६, २०२६ सम्मको आईसीसी टी२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा निर्धारण हुनेछ । हालको अवस्थामा नवौं वरीयतामा रहेको आयरल्यान्ड उक्त स्थानमा रहने सम्भावना छ ।

बाँकी दुई टोली भने १० टोली सहभागी हुने ग्लोबल क्वालिफायरबाट छनोट हुनेछन् । यसअघि विभिन्न क्षेत्रीय छनोट प्रतियोगितामार्फत टोलीहरूले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

हाल १४औं वरीयतामा रहेको नेदरल्यान्ड्स, ११औं स्थानको स्कटल्यान्ड तथा नवौं स्थानको आयरल्यान्ड वरीयतामा पछि परेमा मुख्य प्रतियोगितामा पुग्न ग्लोबल क्वालिफायर खेल्नुपर्ने अवस्था आउन सक्छ ।

यसैबीच, आईसीसीले आगामी वर्ष श्रीलंकामा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको टोली संरचना पनि तय गरेको छ । आयोजक श्रीलंकासहित जुलाई ६ को टी-२०आई वरीयताको शीर्ष पाँच टोली प्रतियोगितामा सहभागी हुनेछन् ।

हालको वरीयताअनुसार अष्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले स्थान बनाउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्ड फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो । इंग्ल्यान्डले खेलको ६२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि कप्तान ह्यारी ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को खेलमा जोर्डनलाई पराजित गर्दै अर्जेन्टिना समूह विजेता बनेको छ।‌ डालास स्टेडियममा भएको खेलमा जोर्डनलाई ३-१ ले पराजित गरी अर्जेन्टिना समूह विजेता बन्दै नकआउट खेल्ने भएको हो। पहिलो हाफ २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल बेहोर्दै अर्को १ गोल थपेको हो। खेलको १९ औं मिनेटमा जिओभानी ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन्। मीयामी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । खेलको पहिलो हाफमा कोलम्बिया पोर्चुगलमाथि हाबी रह्यो तर गोल भने गर्न सकेन। पहिलो हाफको हाइड्रेसन ब्रेकपछि पोर्चुगलले केही लय समाएको थियो। केही प्रयासहरु पनि देखियो, तर सफल भने हुन सकेन। ...
। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा उज्बेकिस्तानलाई हराउँदै कंगो डीआर नकआउट चरणमा प्रवेश गरेको छ । सुरुमै गोल खाएर पछि परेको अवस्थालाई उल्टाउँदै कंगोले अन्तिम समयमा कमब्याक गर्दै ३–१ गोलअन्तरको जित निकालेको हो । खेलको १० औं मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि लामो समय गोल भएन । ६८ औं मिनेटमा ...
। फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार भएको इजिप्ट र इरानबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । इरानका लागि यो खेल निकै दुर्भाग्यपूर्ण रह्यो । एक पेनाल्टी चुक्दा र अन्तिममा इन्जुरी समयमा गरिएको गोल अफसाइड भएपछि इरान जित निकाल्नबाट चुकेको हो । खेलको पाँच मिनेटमा इजिप्टका महमुद साबेरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेटमा ...