मुख्य समाचार
आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित
आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित

। इंग्ल्यान्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका छन् ।

समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बंगलादेशले आगामी विश्वकपमा स्थान पक्का गरेका छन् । यस्तै समूह ‘बी’बाट इङ्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड र श्रीलंकाले पनि सिधै छनोट भएका छन् ।

आयोजक राष्ट्र पाकिस्तान भने समूह ‘बी’मा पाँचौं स्थानमा रहे पनि प्रतियोगिताको आयोजक भएकाले स्वतः २०२८ को विश्वकपमा सहभागी हुनेछ । पाकिस्तानले यस संस्करणमा पाँच खेलमध्ये एक खेल मात्र जितेको थियो ।

स्कटल्यान्ड भने शुक्रबार श्रीलंकासँग पराजित भएपछि सिधै छनोट हुने अवसर गुमाएको छ ।

१२ टोली सहभागी हुने प्रतियोगिताको दशौं स्थान जुलाई ६, २०२६ सम्मको आईसीसी टी२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा निर्धारण हुनेछ । हालको अवस्थामा नवौं वरीयतामा रहेको आयरल्यान्ड उक्त स्थानमा रहने सम्भावना छ ।

बाँकी दुई टोली भने १० टोली सहभागी हुने ग्लोबल क्वालिफायरबाट छनोट हुनेछन् । यसअघि विभिन्न क्षेत्रीय छनोट प्रतियोगितामार्फत टोलीहरूले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

हाल १४औं वरीयतामा रहेको नेदरल्यान्ड्स, ११औं स्थानको स्कटल्यान्ड तथा नवौं स्थानको आयरल्यान्ड वरीयतामा पछि परेमा मुख्य प्रतियोगितामा पुग्न ग्लोबल क्वालिफायर खेल्नुपर्ने अवस्था आउन सक्छ ।

यसैबीच, आईसीसीले आगामी वर्ष श्रीलंकामा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको टोली संरचना पनि तय गरेको छ । आयोजक श्रीलंकासहित जुलाई ६ को टी-२०आई वरीयताको शीर्ष पाँच टोली प्रतियोगितामा सहभागी हुनेछन् ।

हालको वरीयताअनुसार अष्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले स्थान बनाउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम