मुख्य समाचार
५२ वर्षपछि विश्वकप खेलेको कंगो नकआउट चरणमा
५२ वर्षपछि विश्वकप खेलेको कंगो नकआउट चरणमा

। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा उज्बेकिस्तानलाई हराउँदै कंगो डीआर नकआउट चरणमा प्रवेश गरेको छ ।

सुरुमै गोल खाएर पछि परेको अवस्थालाई उल्टाउँदै कंगोले अन्तिम समयमा कमब्याक गर्दै ३–१ गोलअन्तरको जित निकालेको हो ।

खेलको १० औं मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि लामो समय गोल भएन । ६८ औं मिनेटमा कंगो पेनाल्टीको मौका पायो । जसलाई योवान विसाले उज्बेकिस्तानको गोलपोस्टमा सजिलै प्रहार गरेर खेललाई बराबरीमा ल्याए ।

त्यसको १० मिनेटपछि ७८ औं मिनेटमा फिस्टन मायेलेले अर्को गोल थपेर कंगोलाई अग्रता दिलाए ।

यस्तै अन्तिमतिर इन्जुरी समयमा योवान विसाले नै अर्को गोल गरेर कंगोलाई ३–१को स्थितिमा पुर्‍याए । त्यही खेलको अन्तिम नतिजा कायम भयो ।

यो जितसँगै कंगोले समूह ‘के’ ४ अंकसहित तेस्रो रह्यो । जुन उत्कृष्ट तेस्रोमध्ये पर्दै नकआउट चरण पुग्न पर्याप्त थियो ।

यसरी ५२ वर्षपछि विश्वकप खेलेको कंगो पहिलो पटकमै नकआउट पुगेको छ ।

यो समूहकै अर्को खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले । जसले कोलम्बिया ७ अंकसहित समूह विजेता बन्दा पोर्चुगल ५ अंकसहित उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम