मुख्य समाचार
पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको मृत्यु भएको छभने १३ जना घाइते
पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको मृत्यु भएको छभने १३ जना घाइते

। पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २४ घण्टामा २५ वटा विपद्का घटना भएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बारामा खेल्दै गरेका बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको छ । उनले २५ वटा घटनामा झण्डै आधा १२ वटा घटना सर्पदंशका रहेको जानकारी दिइन् ।

उनका अनुसार सङ्खुवासभा, बारा, नवलपरासीपूर्व, कविपलवस्तु, कैलाली, कञ्चनपुरमा सर्पदंशका घटना भएको र ती घटनामा परेर १० जना घाइते भएका छन् ।

यस्तै, पहिरोले बझाङमा एक, जनावरको आक्रमणबाट दोलखामा एक, आगलागीबाट कास्कीमा एक जना घाइते भएका पनि उनले बताइन् ।



ती विपद्जन्य घटनाबाट कुल दुई लाख ७७ हजारको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । ती घटनामा परेर २२ वटा पशु चौपाया क्षति भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा राष्ट्रिय राजमार्गका पहिरो नियन्त्रण गर्न ठूलो बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी वर्ष राष्ट्रिय राजमार्गका ६८ स्थान तोक्दै र रकम अबण्डामा समेत राखेर पहिरो नियन्त्रण गर्ने उद्देश्यले ३ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । जुन राजमार्ग तथा सडकको नियमित मर्मत सम्भार भन्दा ...
। कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय किरण भट्टलाई पक्राउ गरिएको बताए । भट्टलाई ...
। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्ती पहरा (महभीर) फोडेर सडक निर्माण गरिएको छ । आहाले–रेग्मीटार सडक खण्डको साप्सु खोला किनारमा रहेको घर्ती पहरा फोडेर सडक बनाइएको हो । निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले करिब पाँच महिना लगाएर असार ११ गते चट्टान काटेर घर्तीभीरमा सडक छिचोलेको हो । पहिले गोरेटो बाटोमात्र रहेकोमा मोटर ...
: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा ज्यान गएको छ । गाउँपालिकाको वडा नं. २ बाङ्गेसल्लामा दुर्घटना भएको हो । घटनाको सम्पूर्ण विवरण आइनसकेको स्थानीय प्रहरीले जनाएको छ ।
। पर्यटकीय तथा धार्मिक सम्पदाको प्रवर्द्धन गर्न भन्दै सन्धिखर्क नगरपालिकाले नगरसभा पर्यटकीयस्थलमा सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिका–९ स्थित मसुरपाटामा सम्पन्न नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक पारित गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । नगरपालिकाले नगरसभा सदरमुकामभन्दा बाहिर आयोजना गर्नुको मुख्य ...