मुख्य समाचार
रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु
रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु

। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–३ पुडाबाउला बस्ने आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले राससलाई जानकारी दिए ।

शनिबार घर नजिकैको बारीमा रहेको तिमिलाको रूखमा घाँस काट्ने क्रममा रूखबाट खसेर गम्भीर घाइते रावतको अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

रूखबाट खसेर गम्भीर घाइते भएकी बालिकालाई अछाम बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा ज्यान गएको छ । गाउँपालिकाको वडा नं. २ बाङ्गेसल्लामा दुर्घटना भएको हो । घटनाको सम्पूर्ण विवरण आइनसकेको स्थानीय प्रहरीले जनाएको छ ।
। पर्यटकीय तथा धार्मिक सम्पदाको प्रवर्द्धन गर्न भन्दै सन्धिखर्क नगरपालिकाले नगरसभा पर्यटकीयस्थलमा सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिका–९ स्थित मसुरपाटामा सम्पन्न नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक पारित गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । नगरपालिकाले नगरसभा सदरमुकामभन्दा बाहिर आयोजना गर्नुको मुख्य ...
: विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड लाग्यो, जहाँ एकैदिन २ सय ७४ जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् २०१९ को मे महिनामा पनि एकैदिन नेपालतर्फबाट २ सय २३ र तिब्बततर्फबाट १ सय १३ जनाले सगरमाथा चढेका थिए। एकैदिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै ...
। कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेर स्थानीय रामबहादुर रावलका छोरा कृष्ण रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार शनिबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेका उनलाई उपचारका लागि सीएस अस्पताल, ...
। रोल्पामा पछिल्लो चार दिनमा चारवट भरुवा बन्दुक फेला परेको छ । विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । पछिल्लो समय गत बुधबार रोल्पा सुनिलस्मृति गाउँपालिका-६ गरगरे स्थित सल्लेरी पाखा सामुदायिक वनमा २ वटा भरुवा बन्दुक फेला परेका थिए । रुखको फेदमा एक नाल भएको २ (दुई)वटा भरुवा बन्दुक फेला परेको ...