मुख्य समाचार
छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार
छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार

। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार भएको छ ।

रक्षा मन्त्रालयले उक्त मस्यौदामा तयार गरी सम्बन्धित निकायहरूको परामर्श लिइसकेको जनाएको छ । सो मन्त्रालयको गत जेठ महिनाको प्रगति विवरणमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’ शिक्षा तथा खेलकुद मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र अर्थ मन्त्रालयबाट राय/सुझाव लिई प्राप्त सहमतिअनुसार संशोधनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने क्रममा रहेको’ भनिएको छ ।

विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले गत वैशाख १० गते राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ मा छैटौँ संशोधन गरी पूर्वाधार विकास समितिको कार्य अवधि एक वर्ष थपेको छ । गत वैशाख १० गतेको नेपाल राजपत्रको भाग–३ अन्तर्गत रक्षा मन्त्रालयको सूचनामार्फत सो जानकारी दिइएको थियो ।

गठन आदेशको दफा २५ को (१) मा उक्त पूर्वाधार विकास समितिको अवधि छ वर्ष रहने भन्ने उल्लेख भएकामा छैटौँ संशोधनबाट सात वर्ष कायम गरिएको हो । पूर्वाधार निर्माणका कार्य पूरा नभएकाले यसअघि पनि उक्त पूर्वाधार विकास समितिको अवधि पटकपटक थप गरिएको छ । विश्वविद्यालयको स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक भौतिक, संस्थागत तथा कानुनी तयार गर्न सो पूर्वाधार विकास समिति गठन गरिएको हो ।

राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विषयमा अध्ययन, अध्यापन र अनुसन्धानका लागि नेपाली सेनाको सक्रियतामा सक्रियतामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी एनडीयु) स्थापना गर्न खोजिएको हो ।

हाल नेपालमा सैनिक कमाण्ड तथा स्टाफ कलेज, नेपाली सैनिक बार कलेजलगायत शिक्षण संस्था सञ्चालनमा छन् । नयाँ स्थापना हुने विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनदेखि सुरक्षा नीति निर्माणसम्मको अध्ययन अध्यापन हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वी पहाडका विभिन्न गाउँका बाटो, चौतारी, विभिन्न पर्यटकिय गन्तव्य, खोला, नदिका आसपासमा जथभावी छरिएका सिसाका बोतल भेटिन्छन् । धेरै बियर र रक्सीका बोतलहरू जथाभावी फालिएका हुन्छन् । पेय पदार्थको प्रयोग गरिसकेपछि फालिएका सिसाहरू एकदुई नभइ पूर्वी पहाडमा थुप्रिएका छन् । बियर र रक्सीले मानवीय स्वास्थ्य बिगारिराखेको छ भने सिसाका बोतलले वातावररणीय स्वास्थ्यलाई हानी गरिरहेको देखिन्छ ...
। धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । केही पर पुगेपछि उनले आफ्नै उमेर समूहका साथी राम चौधरी (नाम परिवर्तन) लाई भेटेका थिए । रामले गौरीगंगा नगरपालिका–६ मोयामा आफ्ना बुवा खेतमा रोपाइँ गरिरहेको भन्दै आफू त्यतै जाँदै गरेको बताए । छिमेकी तथा ...
। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताएका छन् । गत वर्ष आठ वर्ष पुराना मुद्दाहरू फर्स्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर गत वर्षको भदौ २३ र ...
। मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र प्रदर्शन भएको छ । कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग आरोपमा गिरी शनिबार पक्राउ परेपछि कारागारभित्र प्रदर्शन भएको हो । गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उमेरमात्रै सबैथोक नभएको बताएका छन् । काठमाडौमा शनिबार आयोजित पार्टीको एक कार्यक्रममा उनले युवामात्रै सबै कुरा नभएको बताएका हुन् । ‘हामीलाई हाम्रो अनुभवले बताएको छ– उमेरमात्रै सबै कुरा होइन रहेछ, युवामात्रै सबै कुरा होइन रहेछ,’ अध्यक्ष लिङ्देनले भने । ३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह नहुने पनि ...