। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।
चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट लामिछाने सभापतिमा चुनिएपछि उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् बधाई दिएका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा रवि लामिछानेजीलाई धेरैधेरै बधाई तथा कार्यकालको पूर्णसफलताको हार्दिक शुभकामना।’ खड्काले लेखेका छन् ।
नेता खड्काले सभापति लामिछानेसँगै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’, पदाधिकारी र सदस्यहरूलाई पनि बधाई दिएका छन् ।
‘कार्यसमितिका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहजी र निर्वाचित सबै पदाधिकारी र सदस्यहरूमा हार्दिक बधाई तथा सफलताको शुभकामना,’ उनले लेखेका छन्, ‘प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा विशेष गरी सभापति रवि लामिछाने र उहाँको टिमलाई हार्दिक बधाई ।’