मुख्य समाचार
फ्रान्सले नर्वेलाई ४-१ ले पराजित
फ्रान्सले नर्वेलाई ४-१ ले पराजित

। उसमान डेम्बेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई ४-१ ले पराजित गरेको छ ।

लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बनेको छ ।

यसअघि ने नकआउट चरणमा स्थान पक्का गरिसकेका फ्रान्स र नर्वे बीच यो खेल समूह विजेता बन्नका लागि निर्णायक थियो । जसमा फ्रान्सले नर्वेलाई पराजित गर्दे समूह चरणमा शतप्रतिशत जित हात पारेको हो । फ्रान्सले यसअघि सेनेगलाई ३-१ र इराकलाई ३-० ले पराजित गरेको थियो । २८ वर्षपछि विश्वकपमा फर्ककेो नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

प्रान्सले अब समुह एफ वा जी मध्ये एकको तेस्रो हुने टोलीसँग खेल्नेछ । यस्तै नर्वेले समूह इ को उपविजेता आइभरी कोस्टसँग खेल्नेछ ।

अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा डेम्बेलेले पहिलो हाफमा ३२ मिनेट भित्रै ह्याट्रिक पुरा गरेका थिए ।

नर्वेले आफ्ना गोल मेसिन एर्लिङ हालान्डलाई आजको खेलमा आराम दिएको थियो । अघिल्लो खेलमा पहिलो रोजाईँमा १० खेलाडी नै परिवर्तन गरेको नर्वेले फ्रान्सलाई टक्कर भने दिएको थियो । दोस्रो हाफमा नर्वेले पेनाल्टी पाएपनि गोल गर्न सकेन ।

डेम्बेलेले खेलको सातौं मिनेटमा पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि २० औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसको एक मिनेटपछि नै नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर डेम्बेलेले ३२ औं मिनेटका गोल गर्दै ह्याट्रिक पूरा गरे भने फ्रान्सलाई ३-१ को अग्रता दिलाए ।

जारी विश्वकपमा भएको यो तेस्रो ह्याट्रिक हो । यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानडा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए ।

डेम्बेले फ्रान्सका लागि विश्वकपमा ह्याट्रिक गर्ने पनि तेस्रो खेलाडी हुन् । यसअघि जस्ट फोन्टेनले सन् १९५८ को विश्वकपमा २ र किलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा १ ह्याट्रिक गरेका थिए ।

दोस्रो हाफमा नर्वेले गोल गर्ने राम्रा अवसर गुमायो ।

नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न सकेनन् । उनले ५०औ मिनेटमा हानेको पेनाल्टी प्रहार फ्रान्सका गोलकिपर माइकल माइगनानले बचाएका थिए ।

फ्रान्सका डिजायर डोएले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...