मुख्य समाचार
झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति
झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति

। नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै झाँक्रीले आफ्नो पार्टीको नेतालाई लागेको फौजदारी अभियोग सरकारले फिर्ता लिने काम गरेको र एक जनाको बयानका भरमा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले आफूसँग प्रतिस्पर्धी राजनीतिक दलहरूका नेतालाई चुप लाग्ने बनाउनका लागि बङ्गलादेश र पाकिस्तानको मोडलको अभ्यास गर्न खोजिएको टिप्पणी गरिन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको घटनाबारे लक्षित गर्दै उनले सोधपुछका लागि जहिले पनि उपलब्ध हुनसक्ने मान्छेलाई पक्राउ गर्ने काम उचित नभएको

यस्तै उनले एक्सप्रेस वे मा चलेको सरकारले एकमाथि अर्को गलत काम गरेको भन्दै दुर्घटनाको नजिक रहेको टिप्पणी समेत गरिन् ।

त्यसैगरि झाँक्रीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाको छानविनका लागि न्यायिक आयोग गर्न समेत माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन् । चितवनमा भएको महाधिवेशनबाट सभापति निर्वाचित भएका लामिछानेले शपथपछिको सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले देशले आफ्नो पार्टीलाई आशा र भरोसा गरेकाले अझै धेरै मिहेनत गर्नुपर्ने नहुने बताए । ‘संस्थापक सभापति भएको हुनाले मेरा केही गहन जिम्मेवारी छन् । देशले आशा र भरोसा ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपा नेतृत्वको सरकारले राष्ट्रपतिमाथि दाबाब सिर्जना गरिरहेको दाबी गरेका छन् । उनले आफूले अब राष्ट्रपति धेरै दिन टिक्दैनन् भन्ने सुनेको बताए । विराटनगरमा नेकपाको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । रास्वपा सरकार संविधानविरुद्ध नै लागेकोले यही शृङ्खला अन्तर्गत राष्ट्रपतिमाथि दबाब सिर्जना गरेको उनको ...
। चार वर्षअघि करिब तदर्थ शैलीमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो महाधिवेशनबाट अब संस्थागत संगठित राजनीतिक दलको रुपमा व्यवस्थित भएको छ । पहिलो महाधिवेशन अघि नै नेपालको सबैभन्दा ठूलो दल र करिब दुई तिहाई नेतृत्वको सरकार निर्माण गर्ने अवस्था पाएको यो पार्टी अब देशव्पायी संगठन र त्यसको बलमा व्यवस्थित हुने आधार तयार गरेको छ । रास्वपाको पार्टी ...
। रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो । रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । ...