मुख्य समाचार
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक सातामा २४ जनालाई लागुऔषधसहित पक्राउ
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक सातामा २४ जनालाई लागुऔषधसहित पक्राउ

। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक सातामा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

कञ्चनपुर प्रहरीले ६ असारदेखि १२ असारसम्म २३ पुरूष र एक महिलालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले पक्राउ परेकाहरूबाट १७.१६८ ग्राम खैरो हेरोइन बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार प्रहरीले पक्राउ परेकाहरूबाट १५ एम्पुल प्रोमेथोजिन हाइड्रोक्लोराइड इन्जेक्सन र १५ एम्पुल बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन बरामद भएको छ ।

कञ्चनपुर प्रहरीले केही दिनअघि भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको थियो ।

जैरू गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर १८ को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपा नेतृत्वको सरकारले राष्ट्रपतिमाथि दाबाब सिर्जना गरिरहेको दाबी गरेका छन् । उनले आफूले अब राष्ट्रपति धेरै दिन टिक्दैनन् भन्ने सुनेको बताए । विराटनगरमा नेकपाको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । रास्वपा सरकार संविधानविरुद्ध नै लागेकोले यही शृङ्खला अन्तर्गत राष्ट्रपतिमाथि दबाब सिर्जना गरेको उनको ...
। चार वर्षअघि करिब तदर्थ शैलीमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो महाधिवेशनबाट अब संस्थागत संगठित राजनीतिक दलको रुपमा व्यवस्थित भएको छ । पहिलो महाधिवेशन अघि नै नेपालको सबैभन्दा ठूलो दल र करिब दुई तिहाई नेतृत्वको सरकार निर्माण गर्ने अवस्था पाएको यो पार्टी अब देशव्पायी संगठन र त्यसको बलमा व्यवस्थित हुने आधार तयार गरेको छ । रास्वपाको पार्टी ...
। रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो । रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । ...

। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई झापा बाहुनडाँगी क्षेत्रका हात्तीपीडित नागरिकले ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री कार्कीलाई नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयले थप समस्या झेल्न नपरोस् भनी मेचीनगर नगरपालिका–१ देखि ४ नं वडासम्मका नागरिकका तर्फबाट ज्ञापनपत्र बुझाइएको हो । स्थानीय सन्तोष सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधिभण्डलले हरेक वर्ष भारतबाट आउने हात्तीको समूहले ...