: नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन् ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै झाँक्रीले आफ्नो पार्टीको नेतालाई लागेको फौजदारी अभियोग सरकारले फिर्ता लिने काम गरेको र एक जनाको बयानका भरमा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले आफूसँग प्रतिस्पर्धी राजनीतिक दलहरूका नेतालाई चुप लाग्ने बनाउनका लागि बङ्गलादेश र पाकिस्तानको मोडलको अभ्यास गर्न खोजिएको तर्क गरिन् । सोधपुछका लागि जहिले पनि उपलब्ध हुनसक्ने मान्छेलाई पक्राउ गर्ने काम उचित नभएको उनको भनाइ छ ।
त्यस्तै उनले एक्सप्रेस वेमा चलेको सरकारले एकमाथि अर्को गलत काम गरेको भन्दै सरकार दुर्घटनाको नजिक रहेको टिप्पणी समेत गरिन् । त्यसै गरी झाँक्रीले भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि न्यायिक छानबिन आयोग गर्न समेत माग गरिन् ।