मुख्य समाचार
चरम गर्मीका कारण फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक स्थानमा मदिरा सेवन र मदिरा बिक्रीमा अस्थायी प्रतिबन्ध
चरम गर्मीका कारण फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक स्थानमा मदिरा सेवन र मदिरा बिक्रीमा अस्थायी प्रतिबन्ध

: चरम गर्मीका कारण फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक स्थानमा मदिरा सेवन र मदिरा बिक्रीमा अस्थायी प्रतिबन्ध लगाइएको छ। प्रशासनले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा मदिरा सेवन तथा बिक्रीमा प्रतिबन्ध लगाएको जानकारी गराएको हो।

जारी सूचनाअनुसार शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार बिहान ७ बजेसम्म, शनिबार दिउँसो १२ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सार्वजनिक स्थानमा मदिरा सेवन गर्न पाइने छैन।

त्यसैगरी,साथ लैजान मिल्ने (टेकअवे) मदिराको बिक्री पनि शुक्रबार साँझ ६ बजेदेखि शनिबार बिहान ७ बजेसम्म र शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ७ बजेसम्मका लागि रोक लगाइएको छ। यद्यपि, इजाजत प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन।


फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोरनुले चरम गर्मीका कारण उच्चतम स्वास्थ्य सतर्कता जारी गरिएको बताएका छन्। उनका अनुसार अस्पतालहरूमा बढ्दो चापलाई व्यवस्थापन गर्न अतिरिक्त स्वास्थ्यकर्मी परिचालन गर्ने तथा जोखिममा रहेका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

यसैबीच,केही दिनदेखि स्पेन, बेलायत र फ्रान्सलाई प्रभावित गरिरहेको चरम गर्मीको लहर अहिले पूर्वी युरोपतर्फ फैलिँदै गएको छ। जर्मनी र चेक गणराज्यका मौसम निकायहरूले पनि अत्यधिक गर्मीको चेतावनी जारी गरेका छन्।

जर्मनीमा शुक्रबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने चेक गणराज्यका अधिकांश क्षेत्रमा पनि अत्यधिक गर्मीको चेतावनी लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम