: बस्दै नबसी सारिएको प्रतिनिधिसभा बैठक फेरि सारिएको छ । फेरि सारिएको बैठक आइतबार विहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ अनुसार शनिबारका लागि सारिएको बैठक आइतबार बस्ने गरी सभामुख डोलप्रसाद (डीपी) अर्यालले सारेका हुन् ।
आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी शनिबारसम्मका लागि सारिएको थियो । सत्तारुढ रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले सदन प्रभावित भएको छ ।