मुख्य समाचार
सुदूरपश्चिम विश्वविद्यालयको छटौं दीक्षान्त समरोह सम्पन्न
सुदूरपश्चिम विश्वविद्यालयको छटौं दीक्षान्त समरोह सम्पन्न

— सुदूरपश्चिम विश्वविद्यालयको छटौं दीक्षान्त समरोह सम्पन्न भएको छ । शुक्रबार विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विभिन्न संकायका करिब अढाई हजार विद्यार्थीलाई दीक्षित गरेका हुन् ।

विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि अध्ययन पूरा गरेका २ हजार ४ सय ८९ जना विद्यार्थी दीक्षित भएका हुन् । विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विभिन्न पदक प्रदान गरिएको छ ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले विश्वस्तरमा विद्यार्थीलाई चाहिने विषय समावेश गरेर विदेशिने विद्यार्थीलाई यही रोक्न सक्नुपर्ने बताए । ‘विद्यार्थीहरु कुन विषय अध्ययन गर्न विदेशिनु परिरहेको छ, त्यही विषय समावेश गरेर विद्यार्थीलाई यही रोक्नुपर्छ,’ उनले भने ।

मन्त्री पोखरेलले टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित ३ सय विघा जमिन विश्वविद्यालयको प्रायेगमा ल्याउन पनि पहल भइरहेको बताए । उनले अतिक्रमण हटाएर उक्त जमिन विश्वविद्यालयको प्रयोगमा छिट्टै ल्याइने बताए ।

दीक्षान्त समारोह साहित्यकार एवं शिक्षाविद् तुलसीप्रसाद जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । २०६७ मा स्थापना भएको विश्वविद्यालयका १६ आंगिक र ३१ सम्बन्धन प्राप्त क्याम्पसमा २४ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानविनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेका छन् । कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो । उनीहरुले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा ...
: स्याङ्जाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षले आउदो आर्थिक बर्षका लागि बजेट सार्वजनिकरण गरेका हुन् । जिल्लाका ५ नगरपालिका र छ गाउँपालिकाले ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४७३ रुपैंयाँको बजेट सार्वजनिक गरेका हुन् । पूँजीगतभन्दा कतै दोब्बर ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली नगरपालिका-५ घर भएका ५३ वर्षीय भगवत प्रसाद थारू, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने चितवन भरतपुर महानगरपालिका-४ घर भएका ...
: ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका नागरिकले अदालतका बन्द ढोकाभित्र हुने बहस घरमै बसेर प्रत्यक्ष हेर्न पाउने भएका छन् । उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासले आजदेखि सार्वजनिक सरोकारका रिट निवेदनहरूको सुनुवाइ प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) मार्फत सुरु गरेको छ । अदालतको कार्यक्षेत्र माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु छन् । न्यायिक प्रक्रियामा पारदर्शिता ...
: सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाई गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । सुकुम्वासीहरुको व्यवस्थापन नै नगरी होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको ...