मुख्य समाचार
चीनका जहाजहरूले आफ्नो मुख्य भूमिबाट अहिलेसम्मकै सबैभन्दा टाढा पुगेर ‘कानुन कार्यान्वयन’ गतिविधि सञ्चालन
चीनका जहाजहरूले आफ्नो मुख्य भूमिबाट अहिलेसम्मकै सबैभन्दा टाढा पुगेर ‘कानुन कार्यान्वयन’ गतिविधि सञ्चालन

: केही साताको अवधिमै चीनका जहाजहरूले आफ्नो मुख्य भूमिबाट अहिलेसम्मकै सबैभन्दा टाढा पुगेर ‘कानुन कार्यान्वयन’ गतिविधि सञ्चालन गरेका छन् । अत्यन्त संवेदनशील समुद्री सतहको नक्साङ्कन गरेका छन् र आफ्नो तटबाट ५०० माइलभन्दा बढी टाढा रहेको विवादित जलक्षेत्रभित्र ‘अनुसन्धान’ गरेका छन् ।

चीनमाथि लामो समयदेखि प्रशान्त क्षेत्रमा आफ्नो भू–दाबीलाई अगाडि बढाउन ‘सलामी स्लाइसिङ’ रणनीति अपनाएको आरोप लाग्दै आएको छ । यस रणनीतिअन्तर्गत प्रत्यक्ष युद्धको स्तरभन्दा तल रहेर साना–साना कदम चाल्दै, अन्तर्राष्ट्रिय कानुनअनुसार अस्पष्ट वा कतिपय अवस्थामा अवैध मानिने क्षेत्रहरूमा आफ्नो नियन्त्रण स्थापित गर्ने प्रयास गरिन्छ ।

विश्लेषकहरूका अनुसार पछिल्ला गतिविधिहरूले चीनले पश्चिमी प्रशान्तमा रहेको एउटा महत्वपूर्ण द्वीप–श्रृंखलाभन्दा बाहिर आफ्नो उपस्थिति विस्तार गर्न खोजेको संकेत गर्छ । उनीहरूका अनुसार यसले विशेष गरी ताइवानलाई चिन्तित बनाउन सक्छ । चीनले ताइवानलाई एक दिन ‘पुनः एकीकरण’ गर्ने वाचा गरेको छ, आवश्यक परे बल प्रयोग गरेर पनि ।



यी समुद्री गतिविधिहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणपछि भएका हुन् । भ्रमण मैत्रीपूर्ण वातावरणमा सम्पन्न भए पनि चिनियाँ नेता सी जिनपिङले अमेरिका–चीन सम्बन्ध बिगार्न सक्ने सबैभन्दा ठूलो विषय ताइवान नै भएको स्पष्ट पारेका थिए । यस महिनाको सुरुवातमा चीनको समुद्री सुरक्षा प्रशासनका तीन जहाज फिलिपिन्स र ताइवानबीचको बाशी च्यानल हुँदै ताइवानको पूर्वी समुद्री क्षेत्रमा पुगे र त्यहाँ कानुन कार्यान्वयन तथा नक्साङ्कनसम्बन्धी गतिविधि थाले । पर्यवेक्षकहरूका अनुसार दक्षिणी जापानदेखि ताइवान, फिलिपिन्स, दक्षिण चीन सागर हुँदै बोर्नियो र सिंगापुरसम्म फैलिएको ‘पहिलो द्वीप–श्रृंखला’ को पूर्वी भागमा एमएसएका जहाज देखिएको यो पहिलो घटना हो । रे पावेलले यसलाई ‘बाशी ब्रेकआउट’ नाम दिएका छन् ।

उनका अनुसार चीनले मूलतः ‘पहिलो द्वीप–श्रृंखलाको अर्को किनारमा पनि हाम्रो अधिकार क्षेत्र छ’ भन्ने सन्देश दिन खोजिरहेको छ, जुन निकै महत्वपूर्ण कदम हो । पावेलले भने, ‘९–ड्यास वा १०–ड्यास लाइनभन्दा बाहिर चीनले सार्वभौमसत्तासम्बन्धी गस्ती गरेको हामीले पहिलो पटक देखिरहेका छौं ।’ यो रेखाले दक्षिण चीन सागरको अधिकांश भागमाथि चीनले गरेको विवादास्पद दाबीलाई जनाउँछ, जसलाई छिमेकी देशहरूले अस्वीकार गर्छन् । सन् २०१६ मा पर्मानेन्ट कोर्ट अफ आर्बिटेसनले पनि उक्त दाबीको कुनै कानुनी आधार नभएको फैसला सुनाएको थियो । उनका अनुसार चीनले समुद्रमा ‘नयाँ यथार्थ’ सिर्जना गर्ने प्रयास गरिरहेको छ ।

ताइवानमाथि दबाब
यी गतिविधिहरूमार्फत चीनले मुख्यतः ताइवान र त्यहाँका २ करोड ३० लाख जनतालाई सन्देश दिन खोजेको विश्लेषकहरूको भनाइ छ । चीनको राष्ट्रिय प्रसारकद्वारा सञ्चालित अर्ध–आधिकारिक सामाजिक सञ्जाल युयुआन तान्तियानमार्फत चीनले आफ्ना जहाजहरूले पहिलो पटक ताइवानको पूर्वी समुद्री सतहको नक्साङ्कन गरेको जनाएको छ । उक्त सञ्जालले विदेशी मुलुकहरूले चीनसँग ती जलक्षेत्रमा अधिकार लागू गर्ने क्षमता छैन भन्ने दाबीलाई यस कदमले खण्डन गरेको उल्लेख गरेको छ । पोस्टमा भनिएको छ, ‘ताइवान टापुको पूर्वी जलक्षेत्र अब हाम्रो ‘नजिकको समुद्री क्षेत्र’ हुनेछ, जहाँ हामी निरन्तर उपस्थित रहनेछौं र अधिकार तथा प्रशासन सञ्चालन गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम