मुख्य समाचार
१-१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा
१-१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा

: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको उपविजेताको रूपमा जापानले नकआउट खेल्ने भएको छ। डालास स्टेडियममा भएको खेलमा स्विडेन र जापानले १-१ बराबरी खेल्दै अङ्क बाँड्दा तालिकामा दोस्रो हुँदै जापान उपविजेताको रुपमा नकआउट प्रवेश गरेको हो।

जापानसँग बराबरी खेलेसँगै स्विडेन पनि उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट प्रवेश गरेको छ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा दुवै गोल भएका थिए। खेलको ५६ औं मिनेटमा जापानका लागि दाइजेन माएदाले गोल गर्दै तिमीलाई अग्रतामा ल्याएका थिए। ६२ औँ मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। त्यसपछि भने कुनै पनि गोल हुन सकेन।

जापान ३ खेलमा १ जित र २ बराबरी सहित ५ अङ्क लिँदै उपविजेताको रुपमा नकआउट पुगेको हो। त्यस्तै, स्विडेन भने १ जित र १ बराबरी सहित ४अंक जोड्दै तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो। जापानले नकआउटमा ब्राजिलसँग २९ जुनमा ह्युस्टनमा खेल्नेछ। स्विडेनले भने नकआउटमा कोसँग खेल्ने भन्ने तालिका निर्धारण भइसकेको छैन।

जापान तेस्रोपटक नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो। सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको जापानले सन् २०१८ र २०२२ मा नकआउटमा स्थान बनाएको थियो।

यसअघि आज नै भएको खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई ३-१ ले पराजित गर्दै समूह विजेताको रुपमा नकआउटमा स्थान बनाएको छ। नेदरल्यान्ड्सले राउन्ड अफ ३२ मा मोरक्कोसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...