: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
पदाधिकारी चयनका लागि तय गरिएको निर्वाचन कार्यक्रमअन्तर्गत पुरुषतर्फको उपसभापति पदमा डा. वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
नवनिर्वाचित केन्द्रीय सदस्य डा. वाग्लेको प्रस्तावकमा सोही पदका आकांक्षी एवं नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ बसेका छन्। पुरुषतर्फको उपसभापति पदका बलिया प्रतिस्पर्धी मानिएका श्रेष्ठ आफैँ रेसबाट पछि हटेर वाग्लेको प्रस्तावक बनेपछि डा. वाग्लेको एक्लो उम्मेदवारी कायम भएको हो।
निर्वाचन समितिले अबको केही बेरमा डा. स्वर्णिम वाग्ले उपसभापति पदमा निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ।