मुख्य समाचार
महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन
महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुलातर्फ ३२ जनासहित विभिन्न समूहबाट गरी कुल ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

रास्वपाले स्थापनाकालपछि पहिलो पटक महाधिवेशनमार्फत लोकतान्त्रिक प्रक्रियाबाट नयाँ केन्द्रीय नेतृत्व चयन गरेको हो ।सार्वजनिक मतपरिणामअनुसार रास्वपाका उपसभापति समेत रहेका डा। स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले प्रवास र विद्युतीय मतदान (ई-भोटिङ) समेत गरी कुल २ हजार ६५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, मत परिणामअनुसार स्वर्णिमपछि सोविता गौतम दोस्रो, शिशिर खनाल तेस्रो र सागर ढकाल चौथो बढी मत ल्याउने उम्मेदवार बनेका छन् ।

संशोधित विधानअनुसार रास्वपाको पूर्ण केन्द्रीय समिति १५८ सदस्यीय हुने व्यवस्था छ । जसमा महाधिवेशनबाट ९९ जना प्रत्यक्ष निर्वाचित भएका हुन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिबाट मनोनीत हुनेछन् । ७ जना प्रदेश सभापतिहरू भने पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहने प्रावधान छ । यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी (बिओपी) को संयुक्त टोलीले नेपाल–तिव्वत सीमास्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ । चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बोर्डर आउटपोस्ट (बिओपी) का सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयबासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नंबर सीमास्तम्भको ...
: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा समेत नेपाली उपभोक्ताले अझै पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्चतम बिन्दु प्रतिब्यारेल $११७.६३ बाट घटेर प्रतिब्यारेल $६९.२१ मा ओर्लिँदा करिब ३० प्रतिशतको गिरावट आइसकेको भन्दै उनले यसको प्रत्यक्ष लाभ र राहतबाट आम ...
: रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छ्न। बुधबार साँझ कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ ...
: भक्तपुरको चारवटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन्। बुधबार आ-आफ्ना नगर सभामा उप प्रमुखहरूले बजेट प्रस्तुत गरेका हुन्। भक्तपुर नगरपालिकामा उपप्रमुख रजनी जोशीले आव २०८३/८४ का लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन्। विनियोजित बजेटमा चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र ...
: आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवलाई पक्राउ गरिएको हो। यादवले गत २०८२ साल फागुन ३ गते आफ्नै श्रीमती ३२ वर्षीया आरती देवी यादवलाई धारिलो हतियार ९बन्चरो० प्रहार गरी हत्या गरेका थिए। श्रीमतीको हत्या पश्चात फरार रहेका ...