मुख्य समाचार
स्कटल्यान्डलाई हराउँदै ब्राजिल समूह विजेता
स्कटल्यान्डलाई हराउँदै ब्राजिल समूह विजेता

। ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।

बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह ‘सी’ अन्तर्गत एटलान्टा स्टेडियममा मोरक्कोले हाइटीलाई पराजित गर्‍यो । मियामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बन्यो । ब्राजिलको ७ अंक छ । समान ७ अंक रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्यो ।

स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे । भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए । भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा कुन्हाले गोल गर्दै अग्रता तेब्बर बनाए ।

दुइ गाेल गरेका भिनिसियस प्लेयर अफ द म्याच घाेषित भए । उनले ब्राजिलकाे पछिल्लाे ३ खेलमा लगातार गाेल गर्दै प्लेयर अफ द म्याच बने । ३ खेलमा भिनिसियसले ४ गाेल गरेका छन् ।

दुईपटकको अग्रता जोगाउन नसक्दा हाइटी जितविहीन बन्न पुग्यो । माेरक्काेले हाइटीलाइ ४-२ ले पराजित गर्‍याे ।

१०औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । ३९औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो ।

४३औं मिनेटमा हाइटीले दोस्रोपटक अग्रता लियो । उक्त अग्रता पनि जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मोरक्कोलाई बराबरीमा फर्काए ।

खेलको ७८औं मिनेटमा पहिलो अग्रता लिएको मोरक्कोले ८९औं मिनेटमा अर्काे गोल गर्दै अग्रता दुई गोलमा पुर्‍यायो । त्यसपछि गाेल हुन सकेन र माेरक्काे विजयी भएकाे हाे ।

हाइटी यसअघि नै प्रतियोगिताबाट बाहिरिदा स्कटल्यान्डको नकआउट पुग्ने झिनो सम्भावना कायमै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम