मुख्य समाचार
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध पेश भएको रिट निवेदन सर्वोच्च अदालतले टुंग्याए
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध पेश भएको रिट निवेदन सर्वोच्च अदालतले टुंग्याए

। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध पेश भएको रिट निवेदन सर्वोच्च अदालतले टुंग्याएको छ ।

संवैधानिक इजलासले रिट निवेदन दर्ता गर्न नपर्ने (दरपीठ गर्ने) भनी अदालत प्रशासनले गरेको निर्णयलाई सदर गरेको हो ।

यो आदेशसँगै बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको साटो न्यायाधीश डा. मनोज शर्मालाई नियुक्त गर्ने संवैधानिक परिषदको निर्णय र त्यसका आधारमा राष्ट्रपतिबाट भएको नियुक्ति सदर भएको हो ।

डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय हुनासाथ अधिवक्ताहरु डा. प्रेमराज सिलवाल, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता गीता थापा सर्वोच्च अदालत पुगेका थिए ।

विवादका उत्कर्षका बेला सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता गरेन । संसदीय सुनुवाइ सकिएपछि अदालत प्रशासनले निवेदन दर्ता नहुने भनी दरपीठ आदेश गरेको थियो । त्यो आदेशविरुद्ध परेको निवेदन सर्वोच्च अदालतको एकल इजलासले संवैधानिक इजलासमा पठाइदिएको थियो ।

प्रधानन्यायाधीश डा. शर्मा सहित न्यायाधीशहरु कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको इजलासले अदालत प्रशासनले गरेको दरपीठ आदेश सदर गरेको हो ।

संवैधानिक इजलासको यो आदेशसँगै अब संवैधानिक परिषदको सिफारिस र संसदीय सुनुवाइबाट भएको अनुमोदनपछि प्रधानन्यायाधीशको नियुक्तिको विवाद पूर्णरुपमा टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संखुवासभाको चैनपुर नगरपालिका —३ पोखरीबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले चैनपुर—३ स्थित पोखरीबाट जुवातास (कौडा) खेलाएको आरोपमा घरधनी सहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय कर्णबहादुर तामाङ, ४० वर्षीय नवीनकुमार लिम्बू, २८ वर्षीय मानबहादुर लिम्बू, ४३ वर्षीय दुर्गाबहादुर लिम्बू, ४३ ...
। काठमाडौंको शोभाभगवतीमा एक पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित शोभाभगवती पार्कमा शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४२ वर्षीय बिमल कार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
। २०० वर्षदेखि बेलायतका लागि युद्ध लड्दै आएका गोर्खाहरूको इतिहास साहस, बलिदान र निष्ठाले भरिएको छ । पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, मलाया, फकल्यान्ड, इराकदेखि अफगानिस्तानसम्म गोर्खाहरूले बेलायतका लागि लडेको इतिहास छ । नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीचको युद्धका क्रममा अंग्रेजहरूले नेपाली सैनिकको असाधारण बहादुरी देखेपछि गोर्खा भर्ती सुरु भएको थियो । त्यसयता २०० वर्षभन्दा बढी ...
। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संगठनको छवि सुधार्न र जनअपेक्षाअनुसार नतिजा दिन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । सीमा सुरक्षाको सन्दर्भमा महानिरीक्षक पौडेलले जनशक्ति र प्रविधिको चुनौतीका बाबजुद ...
। नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट १ सय ६९ जना, कोशी प्रदेशबाट २ सय १२ जना, मधेश प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १ सय ३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १ सय ८२ जना, कर्णाली प्रदेशबाट ५२ जना, सुदूरपश्चिम ...