मुख्य समाचार
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड २४ लाख २८ हजार रुपैयाँको बजेट
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड २४ लाख २८ हजार रुपैयाँको बजेट

। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड २४ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष माया सिलवालले बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै २६ करोड ९५ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी पूर्वाधार विकासका लागि २२ करोड २६ लाख ९३ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ६ करोड ४२ लाख, आर्थिक विकासका लागि ५ करोड ११ लाख ८२ हजार तथा वन, वातावरण र विपद् व्यवस्थापनका लागि ८८ लाख ७२ हजार रुपैयाँ छुट्याइएको छ ।

यातायात पूर्वाधार सुदृढीकरणका लागि मुख्य बस्ती र वडा केन्द्र जोड्ने उद्देश्यसहित दुई दर्जनभन्दा बढी ग्रामीण सडकको स्तरोन्नति तथा पक्की ढलान गर्न ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै, धमिली खोलामा पक्की पुल निर्माण कार्यलाई पनि प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यदेखि इच्छाकामना आधारभूत अस्पतालबाट २४सै घण्टा चिकित्सक र प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सुनिश्चित गर्ने काम अघि बढाइनेछ । साथै, विपन्न नागरिकका लागि नि:शुल्क स्वास्थ्य बिमा, असहाय, गर्भवती तथा दुर्घटनामा परेका व्यक्तिलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

पालिका क्षेत्रबाट नि:शुल्क फोहोर संकलन गर्दै आएको कार्यक्रमलाई पनि निरन्तरता दिइने अध्यक्ष गुरुङले बताए ।

पूर्वाधार विकासअन्तर्गत हात्तीबाङ–काउले–हपनी, फिस्लिङ–सिरानगाउँ, चुम्लिङटार तथा मुग्लिन–तामिनलगायत मुख्य ग्रामीण सडकमा पक्की ढलान र कालोपत्रे सम्पन्न भएको उनले जानकारी दिए। त्यसैगरी कालिङ, चौकीडाँडा, भोटेगाउँलगायत क्षेत्रमा खानेपानी आयोजनाहरू सम्पन्न भएका छन् ।

पर्यटन तथा वातावरण संरक्षणतर्फ ऐतिहासिक उपरदाङगढीको पुरातात्त्विक शैलीमा पुनर्निर्माण गरी ऐतिहासिक तोप तथा युद्ध सामग्री पुन:स्थापना गरिएको विषय गाउँपालिकाको गौरवको परियोजनाका रूपमा रहेको अध्यक्ष गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट १ सय ६९ जना, कोशी प्रदेशबाट २ सय १२ जना, मधेश प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १ सय ३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १ सय ८२ जना, कर्णाली प्रदेशबाट ५२ जना, सुदूरपश्चिम ...
। मधेश प्रदेशमा एक महानगर, तीन उपमहानगरसहित १३६ वटा पालिका छन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट पेश गरिसक्नुपर्छ । कतिपय पालिकाले यसअघि नै नगरसभा सम्पन्न गरिसकेका छन् भने गर्न नसकेका अधिकांश पालिकाले आज नगरसभा गरिरहेका छन् । तर केही पालिकाले आन्तरिक विवाद तथा आवश्यक तयारी पूरा गर्न नसक्दा आज ...
। म्याग्दीमा पहिरोले ईभी गाडी पुर्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा ईभी गाडी पुरिएको हो । उक्त घटनामा ईभी चालक समेत रहेका पर्साको वीरगञ्ज महानगरपालिका–२१ का २३ वर्षीय सोहेल मियाको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय ...
। राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् प्रतिनिधिसभाबाट पारित भई आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् । उनले संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
। सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी विपद सूचक (स्वयंसेवक) परिचालन गरेको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनको विपद व्यवस्थापन रणनीति र हालसम्मका प्रयासबारे जानकारी गराएका हुन् । प्रवक्ता कार्कीकाअनुसार सूचीकृत भएका ती ...