मुख्य समाचार
पदाधिकारीलाई भोट नहाली घर नफर्किन महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तोसिमा कार्कीले आग्रह
पदाधिकारीलाई भोट नहाली घर नफर्किन महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तोसिमा कार्कीले आग्रह

। पदाधिकारीलाई भोट नहाली घर नफर्किन महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तोसिमा कार्कीले आग्रह गरेकी छन् ।

पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदान भएको छ । दोस्रो चरणमा पदाधिकारीहरूका लागि मतदान हुनेछ ।

यसबारे अनलाइनखबरसँग कुरा गर्दै कार्कीले भनिन्, ‘केही साथीहरू दोस्रो चरणको भोटिङ पनि गर्नुपर्छ भन्ने थाहा नपाएर गइराख्नु भएको जस्तो लाग्यो । यो इन्फर्मेसनमा के भयो, कुनै डिले भयो, कतै इन्फर्मेसनमा ल्याकिङ भयो जस्तो लाग्छ ।’

पदाधिकारीका लागि महाधिवेशन प्रतिनिधिले नै भोट गर्नुपर्ने पनि उनले बताइन् ।

‘म मिडियामार्फत म अनुरोध गर्न चाहन्छु । आदरणीय सबै महाधिवेशन प्रतिनिधिज्यूहरू तपाईंहरूले दुई चरणकै भोटिङ गर्नुपर्छ । पहिलो चरणमा तपाईंहरूले केन्द्रीय सदस्यहरू छान्नुहुन्छ । दोस्रो चरणमा तपाईंहरूले नै भोट गरेर आफ्नो पदाधिकारी छान्नु पर्छ ।’

पहिलो चरणको भोटिङ सकिन लागेको र इलेक्ट्रोनिक भोटिङ भइरहेको भन्दै उनले मतदान सकिएपछि एकैछिनमा मत गर्नेर सकिने बताइन् ।

त्यसपछि पदाधिकारीको दाबीहरू रहन्छ । दोस्रो चरणको निर्वाचन प्रक्रिया तत्कालै सुरु हुन्छ ।

पदाधिकारीको लागि आजै मतदान सुरु भएर सम्पन्न पनि हुन सक्ने उनले बताइन् ।

‘धैर्य धारण गर्दिनुहोला, तपाईंहरू नगइदिनुहोला । किनभने यो इन्फर्मेसन कतै केही ल्याकिङ भएको जस्तो लाग्यो । अब जस्तै यो केन्द्रले प्रदेशलाई प्रदेशले जिल्लालाई जिल्लाले पालिकालाई हुँदै हुँदै जानुपर्ने थियो । कतै केही ल्याकिङ भएको हुन सक्छ । यसलाई हामीले सुधारौं’ कार्कीको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी विपद सूचक (स्वयंसेवक) परिचालन गरेको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनको विपद व्यवस्थापन रणनीति र हालसम्मका प्रयासबारे जानकारी गराएका हुन् । प्रवक्ता कार्कीकाअनुसार सूचीकृत भएका ती ...
। मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका – ६ का जितेन्द्र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित प्रवक्ता मनोज यादवले जानकारी दिए । उनका अनुसार आज दिउँसो उनलाई मधेश भवन भित्रैबाट सीसीटीभी फुटेजको आधारमा पक्राउ गरिएको हो । ...
। सीमा सुरक्षाको जिम्मेवारीको पाएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अब बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) खटाउने भएको छ । बीआईटीबारे सशस्त्र प्रहरीले अध्ययन गरेर अब कार्यान्वनको चरणमा पुग्न लागेको छ । यसलाई पाइलट प्रोजेक्टको रूपमा लागु गर्न लागिएको छ । सुरुमा मुख्य सीमा नाकाहरुमा बीआईटी परिचालन गरिने र बिस्तारै यसलाई बिस्तार गर्दैै लैजाने नीति सशस्त्र प्रहरीले ...
। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध पेश भएको रिट निवेदन सर्वोच्च अदालतले टुंग्याएको छ । संवैधानिक इजलासले रिट निवेदन दर्ता गर्न नपर्ने (दरपीठ गर्ने) भनी अदालत प्रशासनले गरेको निर्णयलाई सदर गरेको हो । यो आदेशसँगै बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको साटो न्यायाधीश डा. मनोज शर्मालाई नियुक्त गर्ने संवैधानिक परिषदको निर्णय र त्यसका आधारमा राष्ट्रपतिबाट भएको नियुक्ति सदर ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं रास्वपा नेतृ सोबिता गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसंग पनि छलफल भएको बताएकी छिन् । बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको ...