मुख्य समाचार
मेटाले कम्पनीका प्राविधिकहरूलाई नयाँ स्मार्टफोन एप बनाउन निर्देशन
मेटाले कम्पनीका प्राविधिकहरूलाई नयाँ स्मार्टफोन एप बनाउन निर्देशन

। मेटाले कम्पनीका प्राविधिकहरूलाई नयाँ स्मार्टफोन एप बनाउन निर्देशन दिएका छन् । यो एप हाल बजारमा सञ्चालित ‘पोलिमार्केट’ र ‘काल्सी’ जस्ता प्रेडिक्सन मार्केट प्लेटफर्मसँग मिल्दोजुल्दो हुनेछ ।

न्यूयाेर्क टाइम्सले उल्लेख गरेअनुसार, कम्पनीभित्र हाल ‘एरेना’ नाम दिइएको यो एप फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जरभन्दा छुट्टै र स्वतन्त्र रूपमा सञ्चालन हुनेछ ।

सुरुवाती चरणमा यस एपमा वास्तविक पैसाको सट्टा भिडियो गेममा जस्तै ‘प्वाइन्ट सिस्टम’ अपनाइनेछ । यद्यपि, कम्पनीले भविष्यमा यसमा वास्तविक पैसाकै बाजी राख्न मिल्ने व्यवस्था गर्ने संकेत गरेकाे छ ।

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा पनि प्रेडिक्सन मार्केट एपहरूको लोकप्रियता उल्लेख्य रूपमा बढेको थियो । हाल यस्ता प्लेटफर्महरूमा राजनीति, खेलकुद र आर्थिक नीति जस्ता विभिन्न क्षेत्रका आगामी घटनाक्रम र नतिजाहरूमा अनुमान लगाउने गरिन्छ ।

रोबिनहुड र इन्टरएक्टिभ ब्रोकर जस्ता ठूला वित्तीय कम्पनीहरूले पनि यसअघि नै यस्ता एपहरु बजारमा ल्याइसकेका छन् । त्यसैले हाल दैनिक ३ अर्ब ५६ करोड सक्रिय प्रयोगकर्ता रहेको मेटाले आफ्नै प्रयोगकर्तालाई लक्षित गर्दै यो एपको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।

‘बर्नस्टीन’ नामक अनुसन्धान संस्थाको प्रक्षेपण अनुसार यस दशकको अन्त्यसम्ममा प्रेडिक्सन मार्केटको वार्षिक कारोबार परिमाण १० खर्ब डलर पुग्न सक्छ ।

तर, पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय महत्त्वपूर्ण नीतिगत निर्णयहरू सार्वजनिक हुनुअगावै केही अज्ञात व्यापारीहरूले थाहा पाएपछि सही समयमा बाजी राखेर लाखौँ डलर नाफा कमाएका थिए ।

यसरी सूचना लिक भएर प्रेडिक्ट गर्ने क्रम बढेसँगै यी प्लेटफर्महरूमाथि कानुनी निगरानी र चासो समेत बढ्दै गएको छ । यी सबैका बाबजुद पनि मेटा प्लेटफर्म्सका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले प्रेडिक्सन मार्केट प्लेटफर्म निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...