मुख्य समाचार
तेह्रथुमको छथर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँको बजेट
तेह्रथुमको छथर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँको बजेट

। तेह्रथुमको छथर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभा तथा १७औं अधिवेशन मार्फत प्रस्तुत बजेटले सडक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ ।

छथर गाउँपालिका–३ पञ्चकन्या स्थित ऐतिहासिक तथा पर्यटकीय स्थल ५२ ढोके/बराह मन्दिर/योमुई चाङखासिङ गढी मा बुधबार आयोजित गाउँसभामा गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाका अनुसार कुल बजेटमध्ये संघीय सरकारबाट ४२ करोड ३९ लाख ३ हजार रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ९६ लाख ६ सय ४३ रुपैयाँ तथा स्थानीय स्रोतबाट १ करोड रुपैयाँ व्यवस्थापन गरिएको छ ।

अध्यक्ष लिम्बुले प्रस्तुत गरेको बजेटले स्थानीय आवश्यकता, जनअपेक्षा तथा दिगो विकासका लक्ष्यलाई केन्द्रमा राख्दै समृद्ध र आत्मनिर्भर छथर निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरे ।



बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ । विशेष गरी शुक्रबारे–फाक्चमारा–पञ्चकन्या–हाक्पारा–तमोर करिडोर जोड्ने सडकको स्तरोन्नति तथा कालोपत्रे कार्यक्रम लाई प्रमुख योजनाका रूपमा अघि सारिएको छ ।

साथै अन्तरपालिका तथा वडा जोड्ने सडक सञ्जाल विस्तार, बाह्रै महिना सञ्चालन हुन सक्ने सडक निर्माण, पुल तथा अन्य सार्वजनिक पूर्वाधार विकासका कार्यक्रमलाई समेत समेटिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, कृषकको आयआर्जन अभिवृद्धि र स्थानीय उत्पादनको बजारीकरणलाई बजेटले विशेष महत्व दिएको छ । पर्यटन प्रवर्द्धन, सहकारी क्षेत्रको सुदृढीकरण तथा रोजगारीका अवसर विस्तारमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य पनि राखिएको छ ।

स्वास्थ्यतर्फ स्वास्थ्य संस्थाको स्तरोन्नति, समुदायमा आधारित स्वास्थ्य सेवा विस्तार तथा सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने कार्यक्रम समावेश गरिएको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन, प्राविधिक तथा उच्च शिक्षामा पहुँच विस्तार र खेलकुद विकासमार्फत दक्ष जनशक्ति उत्पादनमा जोड दिइएको छ ।

त्यसैगरी महिला, दलित, बालबालिका तथा अपाङ्गता भएका नागरिकको सशक्तीकरण, सामाजिक सुरक्षा तथा न्यायिक पहुँच विस्तारलाई पनि बजेटले प्राथमिकतामा राखेको छ । खानेपानी, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा डिजिटल प्रविधिको विस्तारका कार्यक्रमसमेत बजेटमा समेटिएका छन् ।

गाउँपालिकाले प्रस्तुत गरेको बजेटले पूर्वाधार निर्माणसँगै कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा लगानी बढाएर स्थानीय नागरिकको जीवनस्तर उकास्ने तथा छथरलाई समृद्ध, आत्मनिर्भर र विकासोन्मुख गाउँपालिकाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल र चीनबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा आपसी सहकार्यलाई अघि बढाउन एक संयुक्त समिति गठन गरिने भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा सो सहमति भएको हो । भेटमा सन् २०२३ मा दुई देशबीच विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने गरी ...
चीनबाट रेयर अर्थसँग सम्बन्धित सामग्रीहरू गैरकानूनी रूपमा बाहिर लैजान खोजेको आरोपमा चिनियाँ अधिकारीहरूले दुई जना जापानी नागरिकलाई नियन्त्रणमा लिएका छन्। जापानी मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले बुधबार दिएको जानकारी अनुसार प्रतिबन्धित वस्तुहरूको आयात–निर्यात सम्बन्धी चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा एक जनालाई गत मे १८ मा र अर्का व्यक्तिलाई त्यसको एक हप्ता पछि नियन्त्रणमा लिइएको हो। टोकियोले गोपनीयताको ...
। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चिकित्सकको उपाधि नै नपाई बिरामी जाँच गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी बस्ने ४७ वर्षीया चेतन ए एम (पौडेल) छिन् । उनले नपाएको चिकित्सकको उपाधी प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र समेत प्राप्त नगरी बिरामीको उपचार गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम ...
। सितापाइला, डल्लु लगायतका क्षेत्रबाट प्रहरीले २४ विदेशी नागरिकलाई पक्राउ गरेको छ । पासपोर्ट नभएका, पर्यटक भिसाको अवधि सकिएका २४ विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । पक्राउ पर्नेहरु सबै बंगलादेशी नागरिक छन् । उनीहरू कपडा कारखानामा काम समेत गर्ने गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूलाई अध्यागमन विभागमा ...
। दक्षिण कोरियाका राष्ट्रपति किरिमते लि जे म्युङले पदभार ग्रहण गरेको एक वर्ष बितिसक्दा पनि आफ्नो कट्टर प्रतिद्वन्द्वी प्योङयाङसँगको सम्बन्ध सुधार गर्ने प्रयासहरू असफल जस्तै देखिएका छन्। विश्लेषकहरूका अनुसार, यो गतिरोधलाई तोड्नका लागि राष्ट्रपति लिले सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न चीन र संयुक्त राज्य अमेरिकासँग साझेदारी गर्ने जस्तो ठूलो ...