मुख्य समाचार
अनुसन्धान ब्यूरोको टोलीले चिकित्सकको उपाधि नै नपाई बिरामी जाँच गरेको आरोपमा एक जनालाई पक्राउ
अनुसन्धान ब्यूरोको टोलीले चिकित्सकको उपाधि नै नपाई बिरामी जाँच गरेको आरोपमा एक जनालाई पक्राउ

। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चिकित्सकको उपाधि नै नपाई बिरामी जाँच गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी बस्ने ४७ वर्षीया चेतन ए एम (पौडेल) छिन् । उनले नपाएको चिकित्सकको उपाधी प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र समेत प्राप्त नगरी बिरामीको उपचार गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले बताए ।

यसबारे छानबिन गरेर मेडिकल काउन्सिलले सीआईबीलाई पत्राचार गरेको थियो । त्यसपछि पक्राउ परेकी पौडेलविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तेह्रथुमको छथर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभा तथा १७औं अधिवेशन मार्फत प्रस्तुत बजेटले सडक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । छथर गाउँपालिका–३ पञ्चकन्या स्थित ऐतिहासिक तथा पर्यटकीय स्थल ५२ ढोके/बराह मन्दिर/योमुई ...
। नेपाल र चीनबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा आपसी सहकार्यलाई अघि बढाउन एक संयुक्त समिति गठन गरिने भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा सो सहमति भएको हो । भेटमा सन् २०२३ मा दुई देशबीच विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने गरी ...
चीनबाट रेयर अर्थसँग सम्बन्धित सामग्रीहरू गैरकानूनी रूपमा बाहिर लैजान खोजेको आरोपमा चिनियाँ अधिकारीहरूले दुई जना जापानी नागरिकलाई नियन्त्रणमा लिएका छन्। जापानी मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले बुधबार दिएको जानकारी अनुसार प्रतिबन्धित वस्तुहरूको आयात–निर्यात सम्बन्धी चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा एक जनालाई गत मे १८ मा र अर्का व्यक्तिलाई त्यसको एक हप्ता पछि नियन्त्रणमा लिइएको हो। टोकियोले गोपनीयताको ...
। सितापाइला, डल्लु लगायतका क्षेत्रबाट प्रहरीले २४ विदेशी नागरिकलाई पक्राउ गरेको छ । पासपोर्ट नभएका, पर्यटक भिसाको अवधि सकिएका २४ विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । पक्राउ पर्नेहरु सबै बंगलादेशी नागरिक छन् । उनीहरू कपडा कारखानामा काम समेत गर्ने गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूलाई अध्यागमन विभागमा ...
। दक्षिण कोरियाका राष्ट्रपति किरिमते लि जे म्युङले पदभार ग्रहण गरेको एक वर्ष बितिसक्दा पनि आफ्नो कट्टर प्रतिद्वन्द्वी प्योङयाङसँगको सम्बन्ध सुधार गर्ने प्रयासहरू असफल जस्तै देखिएका छन्। विश्लेषकहरूका अनुसार, यो गतिरोधलाई तोड्नका लागि राष्ट्रपति लिले सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न चीन र संयुक्त राज्य अमेरिकासँग साझेदारी गर्ने जस्तो ठूलो ...