मुख्य समाचार
ट्रम्पले क्यालिफोर्नियाको प्राइमरी निर्वाचन परिणामको अनुसन्धान गर्न त्यहाँका संघीय अभियोजक (प्रोसीक्युटर) लाई फोन गरेको कुरा स्वीकार
ट्रम्पले क्यालिफोर्नियाको प्राइमरी निर्वाचन परिणामको अनुसन्धान गर्न त्यहाँका संघीय अभियोजक (प्रोसीक्युटर) लाई फोन गरेको कुरा स्वीकार

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको प्राइमरी निर्वाचन परिणामको अनुसन्धान गर्न त्यहाँका संघीय अभियोजक (प्रोसीक्युटर) लाई फोन गरेको कुरा स्वीकार गरेका छन्।

उनले मंगलबार पेन्सिलभेनियामा आयोजित एउटा र्‍यालीमा बोल्दै आफ्नो हस्तक्षेपका कारण नै रिपब्लिकन उम्मेदवार स्टिभ हिल्टन गभर्नर पदको प्रतिस्पर्धामा दोस्रो चरण (रनअफ) का लागि छनोट भएको बिना प्रमाण दाबी गरेका छन्।

क्यालिफोर्नियाको चुनावी नतिजाले डेमोक्र्याट उम्मेदवार जेभियर बेसेरालाई नोभेम्बरमा हुने मुख्य चुनावका लागि पहिलो स्थानमा सुरक्षित गरिसकेको थियो भने ट्रम्पको समर्थन पाएका हिल्टनको नतिजा केही दिन पछि मात्र सार्वजनिक भएको थियो।

राष्ट्रपति ट्रम्पले र्‍यालीमा आफूले क्यालिफोर्नियाका यूएस अटर्नीलाई फोन गरेर सो विषय हेर्न आग्रह गरेको बताएका छन्। उनले फक्स न्युजका पूर्व प्रस्तोता समेत रहेका हिल्टनको जितको श्रेय आफैँले लिँदै ती वकिलले कुनै अज्ञात व्यक्तिलाई फोन गरेपछि मात्र हिल्टन दोस्रो चरणमा पुग्न सफल भएको दाबी गरेका छन्।

आफ्नो फोन कलको करिब एक घण्टा पछि हिल्टनले चुनाव जितेको भन्दै ट्रम्पले यदि आफूले फोन नगरेको भए हिल्टनले घरमै बसेर चुनाव हेरिरहनु पर्ने अवस्था आउने कुरा बताएका छन्। ट्रम्पले कुन वकिललाई फोन गरेका थिए भन्ने कुरा स्पष्ट नभए पनि लस एन्जलसमा रहेको सेन्ट्रल डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाका उच्च अधिकारी एवं फर्स्ट असिस्टेन्ट यूएस अटर्नी बिल एसेलीले यसै महिनाको सुरुमा चुनावी धाँधलीका दाबीहरूमाथि अनुसन्धान सुरु गरेको घोषणा गरेका थिए।

राष्ट्रपति ट्रम्पले क्यालिफोर्नियाको गभर्नर पदको निर्वाचन ‘सेटिङ’ गरिएको भनी लगाएको निराधार आरोप भन्दा केही समय अघि लस एन्जलसको मेयर पदको चुनावबारे पनि यस्तै टिप्पणी गरेका थिए।

मेयरको चुनावमा डेमोक्र्याटहरूको बाहुल्यता रहेको सहरमा रिपब्लिकन उम्मेदवार स्पेन्सर प्र्याट नोभेम्बरको रनअफमा पुग्न असफल भएपछि राज्यले उनलाई अन्याय गरेको ट्रम्पले बताएका थिए। अर्कोतर्फ गभर्नरका उम्मेदवार हिल्टनले भने आफूले चुनावमा धाँधली भएको कुनै प्रमाण नदेखेको पटक–पटक स्पष्ट पारेका छन्।

हिल्टनले सीएनएनसँगको अन्तर्वार्तामा आफ्नो चुनावी टोली र वकिलहरू तयारी अवस्थामा रहे पनि राज्यको निर्वाचन प्रणालीको निष्पक्षतामाथि शङ्का गर्ने कुनै आधार नभेटिएको बताएका थिए। यस विषयमा अभियोजक एसेली र हिल्टनका प्रवक्ता दुवैले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम