मुख्य समाचार
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एआईको क्षेत्रमा चीन अमेरिकाभन्दा अगाडि बढ्नु नै यो प्रविधिको ‘सबैभन्दा ठूलो जोखिम’ भएको बताए
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एआईको क्षेत्रमा चीन अमेरिकाभन्दा अगाडि बढ्नु नै यो प्रविधिको ‘सबैभन्दा ठूलो जोखिम’ भएको बताए

। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एआईको क्षेत्रमा चीन अमेरिकाभन्दा अगाडि बढ्नु नै यो प्रविधिको ‘सबैभन्दा ठूलो जोखिम’ भएको बताएका छन्। यस जोखिमका अगाडि रोजगारी गुम्ने वा सुरक्षासम्बन्धी अन्य चिन्ताहरू गौण रहेको उनको भनाइ छ।

‘इकोनोमिक क्लब अफ न्युयोर्क’ मा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री बेसेन्टले भने, ‘एआईको सबैभन्दा ठूलो जोखिम भनेको चीन हामीभन्दा अगाडि निस्कनु हो।’ चीन एआईका विषयमा अमेरिकासँग छलफल गर्न इच्छुक देखिनुले नै यस क्षेत्रमा अमेरिकाको प्राविधिक नेतृत्व प्रमाणित हुने उनले दाबी गरे।

उनले अगाडि थपे, ‘म हाम्रो एआई नीतिको मुख्य व्यक्तिका रूपमा काम गरिरहेको छु र चीनसँगको आर्थिक सम्बन्धको मामिलामा पनि प्रमुख जिम्मेवारीमा छु। चिनियाँहरू एआईका बारेमा संवाद गर्न तयार हुनुको एउटै कारण हामी उनीहरूभन्दा अगाडि हुनु हो, त्यसैले हामी सधैँ अगाडि नै रहनुपर्छ।’

गत महिना बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिङबीच भएको वार्तापछि दुवै देश एआई सुशासनका विषयमा औपचारिक छलफल गर्न सहमत भएका थिए।



चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले गत मे महिनामा दुई प्रमुख एआई शक्तिका रूपमा चीन र अमेरिकाले मानव सभ्यताको प्रगति र अन्तर्राष्ट्रिय समुदायको कल्याणका लागि एआईको विकास र सुशासनमा मिलेर काम गर्नुपर्ने बताएका थिए।

घरेलु स्तरमा डाटा सेन्टरहरूको निर्माण, रोजगारी विस्थापन, सुरक्षा, पानीको अत्यधिक प्रयोग र बिजुलीको मूल्य वृद्धिलाई लिएर अमेरिकी नागरिकमा ठूलो असन्तुष्टि र विरोध देखिए पनि ट्रम्प प्रशासनले चीनसँगको प्रतिस्पर्धालाई नै आफ्नो एआई रणनीतिको केन्द्रमा राखेको छ।

वासिङ्टनले एआई पूर्वाधारको द्रुत विकासलाई राष्ट्रिय सुरक्षाको अनिवार्य आवश्यकताको रूपमा हेरेको छ। आफ्नो प्राविधिक अग्रता कायम राख्न ट्रम्प प्रशासनले चीनतर्फ हुने अत्याधुनिक एआई चिप्सको निर्यातमा कडा नियन्त्रण जारी राखेको छ।

आफ्नो सम्बोधनका क्रममा बेसेन्टले चीनको नाम नलिई आपूर्ति शृङ्खला लाई ‘हतियार’ का रूपमा प्रयोग गर्ने प्रयास गरिए त्यसको कडा प्रतिकार गरिने चेतावनी दिए। प्रविधि चोरी गर्ने, प्रतिबन्धहरू छल्ने, बजारमा हेरफेर गर्ने वा अमेरिकी साझेदारहरूलाई धम्क्याउने प्रयासहरूको उचित जवाफ दिइने उनले स्पष्ट पारे।

अमेरिकी अर्थमन्त्रीको यो टिप्पणी चीनले दुई ठूला ‘दुर्लभ खनिज’ सम्बन्धी कम्पनीहरू ‘एमपी मटेरियल्स’ र ‘यूएसए रेयर अर्थ’ सहित १० अमेरिकी संस्थाहरूमाथि निर्यात प्रतिबन्ध लगाएको भोलिपल्ट आएको हो। गत वर्ष क्रिटिकल मिनरल्सको विषयमा वासिङ्टन र बेइजिङबीच भएको अस्थायी युद्धविरामपछिको यो सबैभन्दा ठूलो तनाव हो।

यसका साथै, पेन्टागनले प्रमुख चिनियाँ प्राविधिक कम्पनीहरूलाई सैन्य-सम्बद्ध निकायको रूपमा वर्गीकृत गरेपछि आक्रोशित बनेको चीनले सोमबार ४६ वटा अमेरिकी कम्पनीहरूलाई सरकारी खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ।

नयाँ नियम अनुसार विश्वभरिका कुनै पनि संस्था वा व्यक्तिले चीनमा उत्पादित दोहोरो उपयोगका सामग्रीहरू यी प्रतिबन्धित अमेरिकी कम्पनीहरूलाई हस्तान्तरण गर्न पाउने छैनन्।

विद्युतीय सवारी साधन, रोबोटिक्स, इलेक्ट्रोनिक्स र रक्षा प्रणालीका लागि आवश्यक पर्ने १७ वटा रेयर अर्थ्समा चीनको झन्डै एकाधिकार रहेको छ र उसले यसलाई रणनीतिक हतियारका रूपमा प्रयोग गर्दै आएको छ।

अर्थमन्त्री बेसेन्टले अमेरिकाले एआई, क्वान्टम कम्प्युटिङ, जहाज निर्माण र महत्त्वपूर्ण खनिज क्षेत्रमा नेतृत्व गर्नुपर्ने र ट्रम्प प्रशासनले जुनसुकै महामारी, संकट वा युद्धको सामना गर्न सक्ने मजबुत आपूर्ति शृङ्खला निर्माण गर्न खोजिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम