। गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ६८ करोड ६९ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको २० औं नगरसभामा उपप्रमुख गंगा श्रेष्ठले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि चालू तथा पूँजीगत खर्चको विवरण सार्वजनिक गरेकी हुन् ।
प्रस्तुत बजेटअनुसार चालूतर्फ ४७ करोड ४१ लाख २४ हजार ९ सय रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ २१ करोड २८ लाख २ हजार ९ सय रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले आगामी वर्ष पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगार प्रवर्द्धन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ ।
नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि आवश्यक प्रक्रियामार्फत पारित गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने गरी बजेट ल्याएको बताइएको नगरउपप्रमुख श्रेष्ठले बताइन् ।