: नेपाली कांग्रेसले पार्टी सदस्यता वितरण व्यवस्थित गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार १५ औं महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्न प्रतिनिधि तोकेको जनाएको छ ।
नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य पार्टीले राखेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार २० गतेसम्म सम्बन्धित जिल्ला पुगेर समन्वय, सहजीकरण गर्न पार्टीले निर्देशन दिएको छ ।