मुख्य समाचार
घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ
घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ

। विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साधु बन्ने भन्दै मध्यरातमा परोपकार घाटको शव जलाउने स्थानमा पूजा गर्नेहरु पक्राउ परेका हुन् ।

सोमबार राति शव जलाउने स्थानमा अश्लील गतिविधि गर्ने विराटनगर –६ का ४० वर्षीय ४४ वर्षीय सुरेन्द्रमणि मण्डल र विराटनगर ४ का ४४ वर्षीय छबिलाल घिमिरे, सुनसरीको रामधुनी नगरपालिका– ६ का २५ वर्षीय कैलाश ढुंगाना र भोजपुरको रामप्रसाद राई गाउँपालिकाका– ६ का १८ वर्षीय मनिष काफ्ले पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

यो समूहले आइतबार राति शव जलाउने स्थानमा बसेर आगो बालेर होहल्ला गर्दै पूजा गरेको थियो । आइतबार भने ६ जनाको समूह थियो । सोमबार राति पनि सोही गतिविधि दोहोह्रयाएपछि प्रहरीले पक्राउ गरेको हो ।

शव जलाउनका लागि तयार पारिएको चितामा आगो बालेर आइतबार ६ जना युवाले बसेर अश्लील हर्कत गरेका थिए । स्थानीयले खिचेको भिडियोमा देखिए अनुसार, तीमध्ये दुई जना युवा पूर्ण रूपमा निर्वस्त्र छन् ।

निश्वरत्र र अर्धनग्न अवस्थामा रहेकाहरुले एकअर्कालाई धकेलाधकेल गर्दै अश्लील शब्द प्रयोग गरेर गालीगलौज गरिरहेका छन् ।

टाउकोमा कालो कपडाको फेटा बाँधेका उनीहरूले चितास्थलको खरानी टिपेर एकअर्काको जीउमा दल्ने र अनौठा हर्कतहरू गरिरहेको देखिन्छ । उनीहरुले चितास्थलमा माटोको घैला, पानीका बोतल, दाउरा र अन्य सामग्री राखेका थिए । घाटमा भएको यो घटना देखेपछि स्थानीयबासी त्रसित बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङमा प्रवक्ता मिश्र नसाको सुरमा बाबा बन्ने भन्दै अश्लील हर्कत गरेको देखिएपछि नियन्त्रणमा लिइएको बताए । ‘आइतबार अश्लील हर्कत गरेको कुरा आएको थियो, सोमबार पनि त्यस्तै गर्ने तयारी गरेको देखिएपछि नियन्त्रमा लिएका छौ‌’, उनले भने,‘ मदिराको नसामा अश्लील हर्कत गरेको देखिन्छ ।’ उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्युनतम ज्याला श्रमिकलाई नदिए कानुन विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुनेगरी ...
। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएका हुन् । त्यसैगरी बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले संशोधित विधान पारित गरेसँगै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ वरिष्ठ नेता हुने निश्चित भएको छ । रास्वपाले ‘वरिष्ठ नेता’ पद सिर्जना गरेर विधान संशोधन गरेसँगै प्रधानमन्त्री बालेन वैधानिक रूपमै पार्टीको वरिष्ठ नेता बन्ने सुनिश्चित भएको हो । प्रधानमन्त्री बालेनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा १३ पुस २०८२ मा रास्वपा सभापति ...
। ड्युटीमा खटिएका ट्राफिक प्रहरी अब सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक परिपत्र गर्दै मातहतका सबै ट्राफिक युनिटलाई यसबारे निर्देशन दिएको छ । मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीद्धारा हस्ताक्षरित पत्रमा यसबारे उल्लेख गरिएको छ । ‘ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको ...
। मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरले आगामी आर्थिम वर्ष २०८३/८४ को लागि झण्डै साढे ४ अर्बको बजेट ल्याएको छ । आज भएको २० औं नगरसभामा महानगरले शिक्षा स्वास्थ्य सेवा, सरसफाई, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई समेटेर चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ...