मुख्य समाचार
रुसी र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ताको तयारी
रुसी र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ताको तयारी

। रुसी विदेशमन्त्री सर्गेई लावरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता चाँडै गराउन सकिने रुसका उप-विदेशमन्त्री सर्गेई र्याबकोभले बताएका छन् । सञ्चार माध्यम ‘इज्वेस्टिया’सँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

उनले भने, ‘टेलिफोनमार्फत यस्ता वार्ताहरू निकै चाँडो व्यवस्थापन गर्न सकिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा हामीले यस्ता प्रमाणहरू बारम्बार देखिसकेका छौँ। यसअघि आमनेसामने बैठकहरू पनि भएका छन्। अहिलेका लागि कुनै निश्चित तालिका तय भइसकेको छैन, तर यस विषयलाई कुनै राजनीतिक महत्त्व दिइनु हुँदैन। यो विशुद्ध व्यावसायिक मामिला हो। सम्पर्कहरू निरन्तर अगाडि बढ्नेछन्, यसमा कुनै शंका छैन।’

मस्को र वासिङ्टनबीच सम्बन्धमा रहेका गतिरोध र असमझदारीहरू हटाउनका लागि अगस्ट सम्ममा परामर्श बैठकहरू हुने र्याबकोभले बताए।

‘हो, म पुष्टि गर्न चाहन्छु कि त्यस्ता योजनाहरू छन्। अहिलेसम्म कुनै निश्चित समयसीमा तय भइनसकेकाले अहिले नै घोषणा गरिहाल्नुपर्ने केही छैन, तर संवादलाई निरन्तरता दिने कुरामा आपसी समझदारी बनेको छ। मेरो विचारमा यी सबै प्रक्रियाहरू जुनसुकै अवस्थामा पनि अगस्टको अन्त्यसम्ममा हुनुपर्छ,’ उनले थपे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम