मुख्य समाचार
राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको विशेष अदालतमा बयान जारी
राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको विशेष अदालतमा बयान जारी

: विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको विशेष अदालतमा बयान जारी छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित सातजनाको बयान भइरहेको छ। मंगलबारदेखि उनीहरूको बयान सुरू भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सोमबार राहदानी विभागका महानिर्देशक अर्यालसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। तीमध्ये आज ७ को आज बयान भइरहेको हो।

अदालती बयान सकिए आजै थुनछेक बहस हुनेछ। बहसपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा तथा तारेखमा रिहा गर्नेबारे निर्णय गर्नेछ।



आयोगले महानिर्देशक अर्यालसहित सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी,तत्कालीन निर्देशक रविन्द्र राजभण्डारी,लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा,परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल,तत्कालीन उपसचिव भेषप्रसाद भुर्तेल,तत्कालीन उपसचिव पुस्करराज नेपाललाई विपक्षी बनाइ सोमबार विशेष अदालत काठमाडौंमा दायर गरेको हो।

त्यस्तै जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मूलभर कम्पनीका नेपाल प्रतिनिधि मनिन्द्रराज मल्लविरुद्ध समेत मुद्दा दाय गरिएको छ।

उनीहरूले आपसी मिलेमतो र गैरकानुनी लाभ लिएको भन्दै आयोगले कर्मचारीहरूलाई १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो माग गरिएको छ। त्यस्तै मुलभर कम्पनीसँग १ अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपैयाँ बिगो माग गरिएको छ भने भेरिडोसलाई ८ अर्ब २२ करोड ३५ लाख ४ हजार ४४४ रुपैयाँ बिगो माग गरिएको छ।

राहदानी विभागले आह्वान गरेको पासपोर्ट छपाइसम्बन्धी बोलपत्रको प्रक्रियामै प्रारम्भिक चरणदेखि नै गम्भीर अनियमितता र भ्रष्टाचार भएको पाइएको आयोगले ठहर छ।

उनीहरूले आफूहरूलाई गैरकानुनी लाभ पुर्‍याउने र नेपाल सरकारलाई हानि पुर्‍याउने उद्देश्यले सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत बोलपत्रका सर्त र मापदण्ड परिवर्तन गरेको, स्वीकृत मापदण्डविपरीत मूल्यांकन गरेको तथा गलत सिफारिस र निर्णयमार्फत ती कम्पनीहरूलाई ठेक्का दिलाएको आयोगले जनाएको छ।

आयोगले राष्ट्रसेवक प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना र बिगो असुलउपरको माग गरेको छ। महानिर्देशक अर्यालमाथि भने पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ। विदेशी कम्पनी र तिनका प्रतिनिधिलाई भ्रष्टाचारबाट लाभ लिने मतियारको हैसियतमा मुख्य कसुरदारसरह सजाय हुनुपर्ने मागदाबी गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्किरहेको गुटबन्दी र व्यक्ति-केन्द्रित सोचप्रति कडा प्रहार गरेका छन्। चितवनमा जारी प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्ताव मार्फत उनले निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा खेल्ने प्रवृत्ति बन्द गर्न चेतावनी दिएका हुन्। प्रतिवेदनको ‘सांगठनिक जीवनका प्रवृत्तिगत समस्या’ र ‘चाकडी होइन, उत्पादन र ...
: मोटरसाइकल चोरी गर्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्यले बताएका छन्। उनीहरूलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो। मंगलबार साँझ ...
। प्रधानमन्त्री बालेन शाहले पार्टीका नेता तथा कार्यकर्तालाई शुभकामना व्यक्त गरेका छन् । रास्वपाको पहिलो महाधिवेशन चलिरहँदा उनले सामाजिक सञ्जालमार्फत सबैलाई सफल हुन शुभकामना व्यक्त गरेका हुन् । रास्वपा महाधिवेशन अन्तर्गत मंगलबार साँझबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीका वरिष्ठ नेता समेत रहेका बालेन आफू पनि महाधिवेशन सुरु भएको दिनदेखि नै चितवनमा छन् । उनी मंगलबार ...
। रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी हुर्किन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् । पार्टी महाधिवेशनमा दस्तावेज पेश गर्दै उनले संगठनभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद प्रमुख चुनौती हुने उल्लेख गरेका छन् । दस्तावेजमा जनमतबाट ठूलो संसदीय शक्ति बने पनि दीर्घकालीन राजनीतिक शक्तिका लागि लोकप्रियता मात्र पर्याप्त नहुने उल्लेख गरिएको छ। ‘निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो परराष्ट्र नीतिलाई परम्परागत राजनीतिक सम्बन्धमा मात्र सीमित नराखी ‘विकास कूटनीति’को रूपमा अघि बढाउने रणनीति सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा परराष्ट्र नीतिलाई राष्ट्रिय सार्वभौमिकता, आर्थिक समृद्धि, नागरिक हित र अन्तराष्ट्रिय सम्मान प्रवद्र्धन गर्ने मुख्य रणनीतिक साधनका रूपमा व्याख्या गरिएको छ । रास्वपाले नेपालको संविधानले ...