मुख्य समाचार
सैनिक हत्या प्रकरणमा पाकिस्तानी मानवअधिकारवादी कार्यकर्तालाई आजीवन कारावास
सैनिक हत्या प्रकरणमा पाकिस्तानी मानवअधिकारवादी कार्यकर्तालाई आजीवन कारावास

: पाकिस्तानको बलुचिस्तान प्रान्तमा जबरजस्ती बेपत्ता पारिएका घटनाविरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएकी एक प्रमुख मानवअधिकारवादी कार्यकर्तालाई २०२४ मा भएको एक र्‍यालीमा एक अर्धसैनिक सैनिकको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको छ ।

बलुचिस्तान युनिटी कमिटीकी नेता महरङ बलोचलाई उनका सहकर्मी सिब्घतुल्लाहसँगै हत्या र आतंकवादको मुद्दामा दोषी ठहर गरिएको हो । अभियोजकहरूले दुवै जनाले एक भीडलाई उक्साएको र सोही भीडले अर्धसैनिक सैनिक शब्बीर अहमदमाथि आक्रमण गरी उनको हत्या गरेको आरोप लगाएका छन् ।

तर अभियुक्तहरूले आरोप अस्वीकार गर्दै आफूहरू निर्दोष रहेको दाबी गरेका छन् र आफ्नो कानुनी टोलीसहित मुद्दा बहिष्कार गरेका थिए । एक सुरक्षा अधिकारीका अनुसार ग्वादर बन्दरगाह शहरमा भएको प्रदर्शनका क्रममा महरङ बलोचले ‘उत्तेजक भाषण’ दिएकी थिइन्, जसपछि ३०–४० जनाले सैनिकको सवारीसाधनमा लाठी र ढुंगा प्रहार गरेका थिए ।



उनको भनाइअनुसार शब्बीर अहमद अन्य सुरक्षाकर्मीहरूबाट छुट्टिएर पछि कुटपिट गरी मारिएका थिए । क्वेटास्थित एक आतंकवाद–निरोधी अदालतले महरङ बलोच र सिब्घतुल्लाह ‘बलुच युनिटी कमिटीको गैरकानुनी भेला र संघीय कन्स्ट्याबुलरी अधिकारीको हत्यामा समान उद्देश्यसहित संलग्न थिए’ भनेर ठहर गरेको छ ।

अदालतले उनीहरूलाई आजीवन कारावासको सजाय सुनाउँदै २००,००० पाकिस्तानी रुपैयाँ (करिब पाउण्ड ५४३ ÷ ४७१९) जरिवाना पनि तोकेको छ, जुन रकम शब्बीर अहमदका परिवारलाई दिनु पर्नेछ । स्थानीय मिडियाका अनुसार दुवै जना पहिले नै विभिन्न आरोपमा दुई वर्षदेखि हिरासतमा छन् । पाकिस्तान मानव अधिकार आयोगले यस फैसलाको तत्काल पुनरावलोकन गर्न माग गरेको छ ।

आयोगले राज्यले आधारभूत मानव अधिकारका पक्षधरहरूलाई चरमपन्थीसँग समान व्यवहार गर्ने नीति जारी राखेको भन्दै यसले ‘एकपक्षीय र पक्षपातपूर्ण प्रशासनिक तथा न्यायिक निर्णयहरू’ निम्त्याएको बताएको छ । महरङ बलोचकी बहिनी तथा वकिल नादिया बलोच र अन्य कानुनी टोलीले पनि उनीहरूलाई उचित कानुनी प्रक्रिया नदिइएको भन्दै फैसलालाई अस्वीकार गरेका छन् ।

उनीहरूले यो फैसला ‘चेहरा नदेखिने अदालत’ बाट आएको र प्रतिरक्षा पक्षका वकिलहरूले भिडियो लिंकमार्फत गवाही दिने साक्षीहरूलाई ठीकसँग जिरह गर्न नपाएको आरोप लगाएका छन् । स्विडेनी वातावरण तथा मानव अधिकार अभियन्ता ग्रेटा थनबर्गले पनि यस मुद्दाको आलोचना गर्दै यसलाई ‘न्यायको उपहास’ भएको र ‘पूर्ण गोप्य रूपमा गरिएको प्रक्रिया’ भन्दै पाकिस्तानले असहमति दबाइरहेको आरोप लगाएकी छन् ।

बलुचिस्तान सरकारका एक प्रवक्ताले भने अभियोजन पक्षसँग ‘अस्वीकार्य प्रमाण’ रहेको र यो मुद्दा राजनीतिक नभएको बताएका छन् । महरङ बलोच, जसलाई २०२४ का लागि द्यद्यऋ को १०० ध्यmभल मा पनि समावेश गरिएको थियो, उनले २००९ मा आफ्ना बुबालाई सुरक्षा निकायले उठाएको र दुई वर्षपछि यातनाका संकेतसहित मृत फेला परेको घटनापछि अभियान सुरु गरेकी थिइन्।

सन् २०२३ को अन्त्यतिर उनले बेपत्ता परिवारका सदस्यहरूको न्यायका लागि करिब १,६०० किलोमिटर लामो पैदल यात्रा गर्दै इस्लामाबादसम्म हजारौं महिलाको नेतृत्व गरेकी थिइन्। उनको संगठन द्यथ्ऋ ले बलुचिस्तानमा जबर्जस्ती बेपत्ता पार्ने र गैरन्यायिक हत्या विरुद्ध अभियान चलाउँदै आएको छ। पाकिस्तानी सरकारले द्यथ्ऋ लाई बलुच विद्रोही समूहसँग सम्बन्ध भएको आरोप लगाउँदै आएको छ, जसलाई संगठनले अस्वीकार गर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पछिल्लो हप्ता जारी गरिएको एउटा समझदारीपत्र (एमओयु) ले इरानप्रति धेरै झुकाव देखाएको जस्तो देखिए पनि ट्रम्प प्रशासनले वार्तामा इरानले अन्य महत्वपूर्ण सहमति जनाएको दाबी गरिरहेको छ । तर समस्या के छ भने ती कुनै पनि सहमतिहरू उक्त एमओयुमा देखिँदैनन् र इरानले पनि ती सबै अस्वीकार गरिरहेको छ । ट्रम्प प्रशासन आफैंको विश्वसनीयता सम्बन्धी समस्याहरूलाई ...
। फ्रान्स र युरोपका अन्य भागहरूमा भएकोअत्यधिक गर्मी (हिटवेभ)बाट बच्न असुरक्षित क्षेत्रमा पौडी खेल्ने क्रममा फ्रान्समा कम्तीमा ४० जनाको डुबेर मृत्यु भएको छ। फ्रान्सका प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले मंगलबार आयोजित एउटा संकटकालीन बैठकपछि बोल्दै गत बिहीबारदेखि मृत्यु हुनेहरूमा धेरैजसो युवाहरू रहेको बताएका छन्। देशका अधिकांश भागहरूमा तापक्रम करिब ४० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको दिन उनले यस ...
। संयुक्त राष्ट्र संघको समुद्री निकाय इन्टरनेशनल मेरिटाइम अर्गनाइजेसन (आईएमओ) ले स्ट्रेट अफ होर्मुज समुद्री क्षेत्रमा फसेका करिब ११ हजार सीफेयरर्स अर्थात् नाविकहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने काम सुरु गरिएको जनाएको छ । यो ठूलो अभियान अमेरिका, इरान, खाडी क्षेत्रका तटीय देशहरू र शिपिङ कम्पनीहरूको सहयोगमा सञ्चालन गरिनेछ । यस क्रममा जहाजहरू स्ट्रेट अफ होर्मुज समुद्री ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् । इरान पहिले नै यो शर्तमा सहमत भइसकेको भन्दै उनले इरानका परमाणु स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षण अनुमति दिनुपर्ने बताए । पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘यदि उनीहरू यो कुराबाट पछि हटे भने म अहिले नै वार्ता रद्द गरिदिन्छु ।’ स्वीटजरल्याण्डमा ...
। इरानले आफ्नो सैन्य नीतिमा ठूलो परिवर्तन भएको जनाएको छ । इरानले रक्षात्मक रणनीतिबाट परिवर्तन गरी ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रामक सैन्य नीति अपनाएको हो । इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स समाचार एजेन्सीसँग कुरा गर्दै यो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पुरदस्तानका अनुसार इरान अब प्रतिरक्षात्मक कारबाहीमा मात्र सीमित रहनेछैन, बरु आवश्यक परे पहिले ...