मुख्य समाचार
इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडे
इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडे

। फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान चाँडै भएको खेलमा इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाएको हो ।

पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो ।

यस विश्वकपमा गोलरहित बराबरीमा सकिएको यो तेस्रो खेल हो । यसअघि स्पेन र केप भर्डे तथा बेल्जियम र इरानबीचको खेलपनि गोलरहित बराबरीमा सकिएको थियो ।

कप्तान ह्यारी केनसहित बुकायोसाका, एबेरेची एजे, मार्कुस साशफोर्ड जस्ता फरवार्ड रेको इंग्लिस टोलीको फिनिसिङ भने चुस्त हुन सकेन ।

केनले पहिलो खेलमा क्रोएसिया विरुद्ध दुई गोल गरेपनि आज उनको खुट्टाबाट कुनै गोल निस्केन ।

७९ प्रतिशत बल पोसेसन राखेको इंग्ल्यान्डले विपक्षीलाई पुरा नियन्त्रणमा राखेको थियो । यस्तै कूल १९ सट प्रहार गरेको थियो ।

बराबरीपछि इंग्ल्यान्ड र घाना दुवैले ४-४ अंक जोडेको छ । गोल अन्तरका आधारमा इंग्ल्यान्ड अघि छ । दुवैको नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ । यस बराबरीले पहिलो खेलमा पराजित भएको क्रोएसिया र पानामाको लागि पनि केही अवसर बनेको छ ।

क्रोएसिया र पानामा बुधबार बिहान पौने ४ बजे खेल्दैछन् ।

इंग्ल्यान्डले अब समूहको अन्तिम खेलमा पानामासँग खेल्नेछ भने घानाले क्रोएसियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा कोलम्बियाले डीआर कंगोमाथि १–० को जित दर्ता गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। स्टाडियो ग्वाडालाजारामा भएको खेलको ६७ औं मिनेटमा भएको १ गोल नै निर्णायक बन्यो। कोलम्बियाको जितमा डानियल मुनोजले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफमा कोलम्बियाले निकै प्रहार गरेपनि डीआर कंगोका गोलकिपरले उत्कृष्ट बचाव ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा पोचुर्गलले उज्वेकिस्तानलाई ५–० ले हराएको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफमा ३–० को अग्रता बनाएको पोचुर्गलले दोस्रो हाफमा थप २ गोल गर्यो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे। खेलको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलले अग्रता बनाएको थियो। दायाँतर्फबाट आएको क्रसलाई उनले गोलमा ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एल को खेलमा क्रोएसियाले पानामालाई १–० ले हराएको छ। टोरन्टो स्टेडियममा भएको खेलमा लगातारको २ हारपछि पानामाको विश्वकप यात्रा सकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा क्रोएसियाको लागि आन्टे बुडिमिरले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पानामाले क्रोएसियामाथि राम्रो दबाव बनायो। यद्यपी गोल भने ...
। फिफा विश्वकप २०२६ मा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताएका छन् । अष्ट्रियामाथि २–० को जित निकालेर नकआउट चरणमा प्रवेश गरेपछि कप्तान मेस्सीले यो जितले अगाडिको यात्राका लागि मानसिक शान्ति दिने बताएका हुन् । ‘इमानदारीपूर्वक भन्नुपर्दा म यो जितबाट साँच्चै धेरै खुसी छु । विशेष ...
। कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अष्ट्रियालाई पराजित गरेको छ । डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । उनले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फ्याकुन्डो मेडिनाको पास कन्ट्रोल गरेर उत्कृष्ट ...