मुख्य समाचार
पार्टी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा संविधान संशोधन, स्थिर नेतृत्व प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा
पार्टी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा संविधान संशोधन, स्थिर नेतृत्व प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा

। रास्वपाका सभापति रवि लामिछानेले पार्टी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा संविधान संशोधन, स्थिर नेतृत्व प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा राखेका छन्।

दस्तावेजमा लामिछानेले २०७२ सालमा जारी भएको नेपालको संविधान २०७२ कार्यान्वयनको करिब एक दशकको समीक्षा गर्दै संविधानका उपलब्धि र कमजोरीमाथि खुला, इमानदार र जिम्मेवार बहस आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले संविधानप्रति रास्वपाको धारणा स्पष्ट पार्दै पार्टी स्थिर नेतृत्व, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको बताएका छन्।

दस्तावेजमा अहिलेको निर्वाचन प्रणालीले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको भए पनि थप सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।

लामिछानेले राष्ट्रिय सभालाई गैरदलीय विज्ञहरूको सभा बनाउने तथा उपराष्ट्रपतिको भूमिकालाई राष्ट्रिय सभाध्यक्षसँग जोड्ने प्रस्ताव पनि अघि सारेका छन्।

त्यस्तै प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचनाको पक्षमा समेत पार्टी रहेको दस्तावेजमा उल्लेख छ।

दस्तावेजमा संविधानलाई कुनै दल विशेषको राजनीतिक स्वार्थअनुसार संशोधन गरिन नहुने धारणा राखिएको छ । संविधान संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित हुनुपर्ने उल्लेख छ।

रास्वपाले संविधानलाई अपरिवर्तनीय दस्तावेज नभई समयअनुसार सुधार गर्न सकिने आधारभूत कानुनी संरचनाका रूपमा लिएको छ।

दस्तावेजमा व्यापक राष्ट्रिय संवाद, विज्ञहरूको सुझाव, नागरिक सहभागिता र सम्भव भएसम्म सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको विशेष अदालतमा बयान जारी छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित सातजनाको बयान भइरहेको छ। मंगलबारदेखि उनीहरूको बयान सुरू भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सोमबार राहदानी विभागका महानिर्देशक अर्यालसहित ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्किरहेको गुटबन्दी र व्यक्ति-केन्द्रित सोचप्रति कडा प्रहार गरेका छन्। चितवनमा जारी प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्ताव मार्फत उनले निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा खेल्ने प्रवृत्ति बन्द गर्न चेतावनी दिएका हुन्। प्रतिवेदनको ‘सांगठनिक जीवनका प्रवृत्तिगत समस्या’ र ‘चाकडी होइन, उत्पादन र ...
: मोटरसाइकल चोरी गर्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्यले बताएका छन्। उनीहरूलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो। मंगलबार साँझ ...
। प्रधानमन्त्री बालेन शाहले पार्टीका नेता तथा कार्यकर्तालाई शुभकामना व्यक्त गरेका छन् । रास्वपाको पहिलो महाधिवेशन चलिरहँदा उनले सामाजिक सञ्जालमार्फत सबैलाई सफल हुन शुभकामना व्यक्त गरेका हुन् । रास्वपा महाधिवेशन अन्तर्गत मंगलबार साँझबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीका वरिष्ठ नेता समेत रहेका बालेन आफू पनि महाधिवेशन सुरु भएको दिनदेखि नै चितवनमा छन् । उनी मंगलबार ...
। रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी हुर्किन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् । पार्टी महाधिवेशनमा दस्तावेज पेश गर्दै उनले संगठनभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद प्रमुख चुनौती हुने उल्लेख गरेका छन् । दस्तावेजमा जनमतबाट ठूलो संसदीय शक्ति बने पनि दीर्घकालीन राजनीतिक शक्तिका लागि लोकप्रियता मात्र पर्याप्त नहुने उल्लेख गरिएको छ। ‘निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा ...