मुख्य समाचार
सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता
सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता

। प्रधानमन्त्री बालेन शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

चितवनमा जारी महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएसँगै ढकालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । प्रधानमन्त्री बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा ढकाल सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा कार्यरत थिए ।

बालेन रास्वपामा प्रवेश गरेसँगै पार्टीमा सक्रिय भएका उनी पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका महत्वपूर्ण अभियानमा सक्रिय थिए ।

उनी कम्प्युटर इन्जिनियरिङमा स्नातक, व्यवस्थापन विषयमा एमबीए तथा विपद् जोखिम व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो परराष्ट्र नीतिलाई परम्परागत राजनीतिक सम्बन्धमा मात्र सीमित नराखी ‘विकास कूटनीति’को रूपमा अघि बढाउने रणनीति सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा परराष्ट्र नीतिलाई राष्ट्रिय सार्वभौमिकता, आर्थिक समृद्धि, नागरिक हित र अन्तराष्ट्रिय सम्मान प्रवद्र्धन गर्ने मुख्य रणनीतिक साधनका रूपमा व्याख्या गरिएको छ । रास्वपाले नेपालको संविधानले ...
। रास्वपाका सभापति रवि लामिछानेले पार्टी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा संविधान संशोधन, स्थिर नेतृत्व प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा राखेका छन्। दस्तावेजमा लामिछानेले २०७२ सालमा जारी भएको नेपालको संविधान २०७२ कार्यान्वयनको करिब एक दशकको समीक्षा गर्दै संविधानका उपलब्धि र कमजोरीमाथि खुला, इमानदार र जिम्मेवार बहस आवश्यक रहेको उल्लेख गरेका छन्। उनले संविधानप्रति रास्वपाको धारणा ...
: नेपाल प्रहरीले अबदेखि १५-१५ दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ देखि उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रअनुसार अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गरिएको हो। यसअनुसार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दीर्घकालीन विषयमा आम सहमति खोजेर मात्रै अघि बढ्ने संसदीय नीति प्रस्ताव गरेको छ । प्रथम महाधिवेशनअन्तर्गत मंगलबार चलिरहेको बन्द सत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उक्त प्रस्ताव उल्लेख छ । ‘रास्वपा नेपालको राजनीतिक संस्कृति बदल्न चाहन्छ । दशकौंसम्म राजनीति को मित्र– को शत्रु ? भन्ने चश्माबाट हेरियो,’ प्रस्तावमा भनिएको छ, ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापतिमा उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सभापति पदमा लामिछानेको एकल उम्मेदवारी गरेको जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ। आज अबेर रातिसम्म मनोनयन ...