मुख्य समाचार
अमेरिकी सिनेटले इरानविरुद्धको युद्ध रोक्न र सैन्य कारबाही अघि संसदको स्वीकृति लिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्देशन
अमेरिकी सिनेटले इरानविरुद्धको युद्ध रोक्न र सैन्य कारबाही अघि संसदको स्वीकृति लिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्देशन

। अमेरिकी सिनेटले इरानविरुद्धको युद्ध रोक्न र सैन्य कारबाही अघि संसदको स्वीकृति लिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्देशन दिएको छ ।

रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा यस प्रस्तावबारे मंगलबार मतदान भएको थियो । तर युद्ध रोक्नुपर्ने प्रस्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । यसलाई ट्रम्पका लागि ठूलो झट्काको रूपमा हेरिएको छ ।

इरानसँगको युद्धप्रति डेमोक्र्याट्ससँगै रिपब्लिकन सदस्यहरूभित्र पनि असन्तोष बढेकाले यस्तो युद्ध रोक्नुपर्ने प्रस्ताव पास भएको बताइएको छ । यद्यपि ट्रम्पको पार्टी रिपब्लिकनका दुई सिनेटर मिच म्याककोनेल र डेभ म्याककर्मिक मतदानका बेला अनुपस्थित थिए ।

यसैगरी चार रिपब्लिकन सिनेटर र्‍यान्ड पल, लिसा मर्कोव्स्की, सुसान कोलिन्स र बिल क्यासिडीले डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरेको बीबीसीले जनाएको छ ।



यसैगरी डेमोर्क्याटिकका एक मात्र सिनेटर जोन फेटरम्यानले यस प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

यही प्रस्ताव जुन महिनामा प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा पनि पारित भएको थियो, जहाँ चार रिपब्लिकन सांसदहरूले सबै डेमोक्र्याटहरूसँग मिलेर यसलाई २१५–२०८ मतले अनुमोदन गरेका थिए ।

यद्यपि, यो प्रस्ताव मुख्यत: प्रतीकात्मक मानिन्छ, किनभने कांग्रेसका दुवै सदनबाट पारित भए पनि यसलाई राष्ट्रपति ट्रम्पसमक्ष कार्यान्वयनका लागि पठाइँदैन र यसको कानुनी रूपमा बाध्यकारी प्रभाव हुँदैन ।

तर सन् १९७३ को ‘वार पावर्स रिजोलुसन’ लागू भएपछि पहिलो पटक कांग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कारबाही समाप्त गर्न निर्देशन दिने प्रस्ताव पारित गरेको यो पहिलोपटक भएकाले महत्वपूर्ण मानिएको छ ।

साथै यो मतदानलाई आगामी नोभेम्बरमा हुने मध्यावधि चुनाव (मिडटर्म इलेक्सन) अघि रिपब्लिकन पार्टीभित्र बढ्दो मतभेदको अर्को संकेतका रूपमा पनि हेरिएको छ ।

यसबाट ट्रम्पमाथि इरान युद्ध अन्त्य गर्न दबाब बढेको ठानिएको छ । अमेरिका–इरान युद्धका कारण विश्वभर पेट्रोलको मूल्य बढेको र जनतामाझ पनि युद्धविरोधी भावना बढ्दै गएको पनि देखिएको छ ।

तर ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएअनुसार ७ अप्रिलको युद्धविरामपछि अब त्यस्तो कुनै सक्रिय सैन्य कारबाही छैन जसका कारण अमेरिकी सैनिकहरू फिर्ता बोलाउनुपर्ने अवस्था होस् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले आफ्नो सैन्य नीतिमा ठूलो परिवर्तन भएको जनाएको छ । इरानले रक्षात्मक रणनीतिबाट परिवर्तन गरी ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रामक सैन्य नीति अपनाएको हो । इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स समाचार एजेन्सीसँग कुरा गर्दै यो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पुरदस्तानका अनुसार इरान अब प्रतिरक्षात्मक कारबाहीमा मात्र सीमित रहनेछैन, बरु आवश्यक परे पहिले ...
दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानास्त्रण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन् । प्रभावित क्षेत्रहरू मध्ये, कियानानको बौई–मियाओ स्वायत्त प्रान्तको डुयुन शहरले मंगलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा गर्दै विद्यालयहरु बन्द गर्न आदेश दिएको जनाइएको छ । अहिलेसम्म बाढीका कारण कुनै हताहत ...
। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले प्रतिबद्धता सही तरिकाले पूरा भए मात्रै वार्ता सफल हुने बताएका छन् । मंगलबार पाकिस्तान भ्रमणमा निस्किने तयारीमा रहेका राष्ट्रपति पेजेस्कियानले एक्समार्फत अभिव्यक्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘वार्ताको प्रभावकारिता सहमति गरिएका विषयको पूर्ण प्रतिबद्धता र तिनको यथार्थ कार्यान्वयनमा निर्भर हुन्छ । यस बाटोमा भएका प्रगतिलाई स्वीकार गरिएका जिम्मेवारीहरूको व्यवहारिक पालनामार्फत ...
: स्पेसएक्सको आईपीओ र यसको शेयरले एलन मस्कलाई अर्बपतिबाट खरबपति बनाएको थियो । तर अहिले त्यही कम्पनीको शेयरले उनलाई लगातार झट्का दिइरहेको छ । सोमबार मात्रै मस्कले २४ घण्टामा १५२ अर्ब डलर गुमाए, जुन वारेन बफेटले आफ्नो जीवनभर कमाएको अनुमानित १४६ अर्ब डलरभन्दा पनि बढी हो । मस्कसँगै सोमबार सम्पत्ति गुमाउने अन्य अर्बपतिहरूमा ल्यारी पेज, सर्गेइ ...
अमेरिकी सेनाले इरानका समुद्री बन्दरगाहहरूमा गरेको नाकाबन्दी बमबारी भन्दा बढी प्रभावकारी प्रमाणित भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आवश्यक परेमा वासिङ्टन चाँडै नै यस्तो रणनीतिमा फर्कन तयार रहेको स्पष्ट पारेका छन्। बम खसाल्नुभन्दा बन्दरगाह नाकाबन्दीले बढी प्रभाव पारेको आफ्नो बुझाइ रहेको अमेरिकी नेता ट्रम्पको भनाइ छ। उनले आफूहरूले करिब १५ मिनेटमै ...