मुख्य समाचार
पोचुर्गलले उज्वेकिस्तानलाई ५–० ले हराएको छ
पोचुर्गलले उज्वेकिस्तानलाई ५–० ले हराएको छ

: फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा पोचुर्गलले उज्वेकिस्तानलाई ५–० ले हराएको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफमा ३–० को अग्रता बनाएको पोचुर्गलले दोस्रो हाफमा थप २ गोल गर्यो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे।

खेलको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलले अग्रता बनाएको थियो। दायाँतर्फबाट आएको क्रसलाई उनले गोलमा परिणत गरेका हुन्। छैटौं विश्वकप खेलिरहेका उनले विश्वकपमा नवौं गोल गरेका हुन्।

खेलको १७ औं मिनेटमा पोर्चुगलले पेनाल्टी बक्स बाहिर पाएको फ्रि किकमा गोल गरेको हो। पोचुर्गलका लागि नुनो मेन्डेसले गोल गरेका हुन्। खेलको २९ औं मिनेटमा पोर्चुगललाई उज्वेकिस्तानविरुद्ध गोल गरेको थियो। तर उक्त गोल अगाडी फाउल हुँदा उक्त गोल भार(भिडियो रेफ्रि) बाट अनाधिकृत घोषणा गरिएको हो।



खेलको ३९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले व्याक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरे। पहिलो हाफमा ३–० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा २ गोल थप गर्दै उज्वेकिस्तानमाथि फराकिलो जित दर्ता गरेको हो।

खेलको ६० औं मिनेटमा पोर्चुगलले आत्मघाती गोलमार्फत १ गोल उपहार पायो। उज्वेकिस्तानका गोलकिपर अब्दुभोखिद नेमातोभले आत्मघाती गोल गर्दै पोर्चुगललाई खेलमा अग्रता दिलाए। गोल रोक्न लडेका गोलकिपरको पन्जामा लाग्दै बलले गोल लाइन क्रस गरेको हो।

खेलको ८७ औं मिनेटमा राफेल लिओले गोल गर्दै पोर्चुगललाई ५–० को स्थितीमा ल्याएका हुन्। यो खेलमा पोर्चुगलसँग फराकिलो हार बेहोर्दा उज्वेकिस्तान भने विश्वकपबाट बाहिरिएको हो।

पहिलो खेलमा डिआर कंगोसँग १–१ बराबरी खेल्दै अंक बाँडेको थियो। उज्वेकिस्तानले भने पहिलो खेलमा कोलम्बियासँग ३–१ ले हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम