मुख्य समाचार
विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ

। सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मंगलबार विभिन्न स्थानबाट एक विदेशी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीको जनसम्पर्क तथा मिडिया समन्वय शाखाका अनुसार धनगढी उपमहानगरपालिका–१६ बाट १ ग्राम ६४० मिलिग्राम खैरो हेरोइनसहित सुरेश बोहरालाई पक्राउ परेका छन् ।

यस्तै वडा नम्बर १७ बाट खैरो हेरोइन ३१० मिलिग्रामसहित २५ वर्षीय सुरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलारी गाउँपालिका–७ हौसलपुरबाट २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित भारतको लखिमपुर खिरी बेलापर्शुवाका ४७ वर्षका हरिचन्द्र कठरिया पक्राउ परेका छन् ।

त्यसैगरी टिकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हिरोइन र ५७० मिलिग्राम चरेशसहित टिकापुर नगरपालिका–२ राजीपुरका ३३ वर्षीय सञ्जय नगार्जीसहित चारलाई प्रहरीले पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–४ भल्काबाट २ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय ३१ वर्षका गणेश थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ७ असारमा मात्रै धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट ११ युवालाई लागूऔषध खैरो हिरोइन, चरेश र गाँजासहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दीर्घकालीन विषयमा आम सहमति खोजेर मात्रै अघि बढ्ने संसदीय नीति प्रस्ताव गरेको छ । प्रथम महाधिवेशनअन्तर्गत मंगलबार चलिरहेको बन्द सत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उक्त प्रस्ताव उल्लेख छ । ‘रास्वपा नेपालको राजनीतिक संस्कृति बदल्न चाहन्छ । दशकौंसम्म राजनीति को मित्र– को शत्रु ? भन्ने चश्माबाट हेरियो,’ प्रस्तावमा भनिएको छ, ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापतिमा उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सभापति पदमा लामिछानेको एकल उम्मेदवारी गरेको जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ। आज अबेर रातिसम्म मनोनयन ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सरकारले गरेका महत्त्वपूर्ण कामहरू सूची समावेश गरिएको छ । वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र विकास केन्द्रित राज्य संरचनाको दिशामा सकारात्मक पहलहरू गरिरहेको रास्वपाको बुझाइ छ । सभापति लामिछानेले आफ्नो प्रतिवेदनको ‘विश्वास रोपिरहेको र आशा ...
। रास्वपा महाधिवेशन जारी छ । गत आइतबार चितवनमा उद्घाटन भएको महाधिवेशनको आज बन्द सत्र पनि सकिएको छ । बन्द सत्र सकिएसँगै अहिले केन्द्रीय सदस्य पदका लागि धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेको पार्टी निर्वाचन केन्द्रीय समितिले जनाएको छ । यसैबीच कानुन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी ...
। रास्वपाको पहिलो महाधिवेशनमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उनले पेस गरेको प्रतिवेदनमा जेनजी आन्दोलनलाई वर्षौं जमेको फोहोरी तलाउमा युवाको आक्रोश भनेका छन् । ‘ भदौ २३ र २४ गतेको जेनजी विद्रोह केवल सामान्य असन्तोष थिएन । यो वर्षौंदेखि जमेर बसेको असमानता, भ्रष्टाचार, दण्डहीनता र अविश्वासको फोहोर तलाउमा भएको जनताको विस्फोट थियो,’ ...