मुख्य समाचार
११ महिना (साउनदेखि जेठसम्म) नेपालले कुल २ खर्ब ७३ अर्ब ७ करोड ५१ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र एलपीजी) आयात
११ महिना (साउनदेखि जेठसम्म) नेपालले कुल २ खर्ब ७३ अर्ब ७ करोड ५१ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र एलपीजी) आयात

। चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) नेपालले कुल २ खर्ब ७३ अर्ब ७ करोड ५१ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र एलपीजी) आयात गरेको छ ।

विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्यवृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ बराबरको १२ लाख ६४ हजार ८ सय ७८ किलोलिटर डिजेल आयात भएको छ ।

युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्नु र अमेरिकी डलरको मूल्य बढ्दा आयात लागत महँगिएको हो । गत आर्थिक वर्षको यसै अवधिमा यो वर्षभन्दा धेरै परिमाणमा डिजेल आयात भएको थियो ।

तथ्यांकअनुसार गत आवको ११ महिनामा १३ लाख १२ हजार ९ सय ५ किलोलिटर डिजेल आयात गर्दा १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँ बराबर मात्र बाहिरिएको थियो ।

यस्तै आयातित पेट्रोलको खर्च पनि बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा ६८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ बराबरको ६ लाख ८५ हजार १ सय २७ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको ११ महिनामा ६ लाख ८१ हजार ४ सय ८४ किलोलिटर पेट्रोल आयात गर्दा ५८ अर्ब ५८ करोड ९० लाख रुपैयाँ बराबर रकम बाहिरिएको थियो ।

खाना पकाउने एलपी ग्यासको आयात पनि उच्च छ । तथ्यांकअनुसार चालु आवको ११ महिनामा ५२ अर्ब २१ करोड ६६ लाख रुपैयाँ बराबरको ४७ करोड ५९ लाख ८० हजार किलो एलपी ग्यास आयात भएको छ ।

यद्यपि आयातित ग्यासको खर्च गत वर्षको तुलनामा केही घटेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो ११ महिनामा ५७ अर्ब ३६ करोड ६६ लाख रुपैयाँको एलपी ग्यास आयात भएको थियो ।

समीक्षा अवधिमा ग्यासको आयात रकम गत वर्षको सोही अवधिको तुलनामा ८.९८ प्रतिशतले घटेको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र युद्धको प्रभावले नेपालको सोधनान्तर स्थिति र व्यापार घाटामा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ठूलो चाप पारेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । उनलाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ । पूर्व उपप्रधान ...
। दोलखाको कालिञ्चोक माताको दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–६ भुतपोखरी नजिकै बा १५ च १४९२ नम्बरको कार मंगलबार दिउँसो साढे २ बजेतिर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १३ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटना परी काठमाडौंको शंकरापुर नगरपालिका–२ का ६५ वर्षीय सन्त नासुर, ...
। रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि हेरफेर भएको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीले तेस्रोपटक संशोधन भएको सूचना जारी गरेका हुन् । नयाँ तालिकाअनुसार आज ७ बजेदेखि साढ‍े सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने निर्वाचन तालिकामा उल्लेख छ ...
। सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवको उपचारका ...
। गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले अनलाइनखबरसँग भने । प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अण्डाको अम्लेटमा माछाको ...