मुख्य समाचार
अटो दुर्घटना हुँदा चालकसहित १४ जना बालबालिका घाइते
अटो दुर्घटना हुँदा चालकसहित १४ जना बालबालिका घाइते

: कैलालीमा अटो दुर्घटना हुँदा चालकसहित १४ जना बालबालिका घाइते भएका छन् । मंगलबार बिहान करिब १०:१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो गोदावरी नगरपालिका-२ मोतिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा अटो चालक लम्कीचुहा नगरपालिका-०१ बस्ने ५९ वर्षीय जगत बिष्ट, शिक्षिका ३० वर्षीया तुला घर्ती तथा स्कुलका विद्यार्थीहरू गरी जम्मा १४ जना घाइते भएका हुन् ।
घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल, लम्कीमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दोलखाको कालिञ्चोक माताको दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–६ भुतपोखरी नजिकै बा १५ च १४९२ नम्बरको कार मंगलबार दिउँसो साढे २ बजेतिर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १३ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटना परी काठमाडौंको शंकरापुर नगरपालिका–२ का ६५ वर्षीय सन्त नासुर, ...
। रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि हेरफेर भएको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीले तेस्रोपटक संशोधन भएको सूचना जारी गरेका हुन् । नयाँ तालिकाअनुसार आज ७ बजेदेखि साढ‍े सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने निर्वाचन तालिकामा उल्लेख छ ...
। सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवको उपचारका ...
। गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले अनलाइनखबरसँग भने । प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अण्डाको अम्लेटमा माछाको ...
। उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी–किमाथाङ्‍का सडक खण्डको विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । अविरल बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी सडक खण्डको भोटखोला गाउँपालिका क्षेत्रका ठाउँ-ठाउँमा पहिरो खसेर खाँदबारी—किमाथाङ्का सडक अवरुद्ध भएको छ । शनिबार राति बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत संखुसभाको खाँदबारी–किमाथाङ्का भोटखोला गाउँपालिका —३ सिरेक देखि हटिया सडक खण्डको ८८ ...