मुख्य समाचार
अमेरिकी सेनाले इरानका समुद्री बन्दरगाहहरूमा गरेको नाकाबन्दी बमबारी भन्दा बढी प्रभावकारी प्रमाणित भएको
अमेरिकी सेनाले इरानका समुद्री बन्दरगाहहरूमा गरेको नाकाबन्दी बमबारी भन्दा बढी प्रभावकारी प्रमाणित भएको

अमेरिकी सेनाले इरानका समुद्री बन्दरगाहहरूमा गरेको नाकाबन्दी बमबारी भन्दा बढी प्रभावकारी प्रमाणित भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आवश्यक परेमा वासिङ्टन चाँडै नै यस्तो रणनीतिमा फर्कन तयार रहेको स्पष्ट पारेका छन्।
बम खसाल्नुभन्दा बन्दरगाह नाकाबन्दीले बढी प्रभाव पारेको आफ्नो बुझाइ रहेको अमेरिकी नेता ट्रम्पको भनाइ छ।

उनले आफूहरूले करिब १५ मिनेटमै त्यस्तो नाकाबन्दी पुनः लागू गर्न सक्ने दाबी समेत गरेका छन्।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा उपस्थित रहेका अमेरिकी सेक्रेटरी अफ वार पिट हेगसेथलाई सोध्दै नाकाबन्दीलाई साँच्चै नै चाँडै फर्काउन सकिन्छ कि सकिँदैन भनी प्रश्न गरेका थिए।

राष्ट्रपतिको प्रश्नको जवाफ दिँदै पेन्टागनका प्रमुख हेगसेथले आवश्यक परेको खण्डमा अमेरिकी सेना तुरुन्तै कदम चाल्न तयार रहेको कुरा बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानास्त्रण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन् । प्रभावित क्षेत्रहरू मध्ये, कियानानको बौई–मियाओ स्वायत्त प्रान्तको डुयुन शहरले मंगलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा गर्दै विद्यालयहरु बन्द गर्न आदेश दिएको जनाइएको छ । अहिलेसम्म बाढीका कारण कुनै हताहत ...
। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले प्रतिबद्धता सही तरिकाले पूरा भए मात्रै वार्ता सफल हुने बताएका छन् । मंगलबार पाकिस्तान भ्रमणमा निस्किने तयारीमा रहेका राष्ट्रपति पेजेस्कियानले एक्समार्फत अभिव्यक्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘वार्ताको प्रभावकारिता सहमति गरिएका विषयको पूर्ण प्रतिबद्धता र तिनको यथार्थ कार्यान्वयनमा निर्भर हुन्छ । यस बाटोमा भएका प्रगतिलाई स्वीकार गरिएका जिम्मेवारीहरूको व्यवहारिक पालनामार्फत ...
: स्पेसएक्सको आईपीओ र यसको शेयरले एलन मस्कलाई अर्बपतिबाट खरबपति बनाएको थियो । तर अहिले त्यही कम्पनीको शेयरले उनलाई लगातार झट्का दिइरहेको छ । सोमबार मात्रै मस्कले २४ घण्टामा १५२ अर्ब डलर गुमाए, जुन वारेन बफेटले आफ्नो जीवनभर कमाएको अनुमानित १४६ अर्ब डलरभन्दा पनि बढी हो । मस्कसँगै सोमबार सम्पत्ति गुमाउने अन्य अर्बपतिहरूमा ल्यारी पेज, सर्गेइ ...
। स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । साथै १२ अर्ब डलर बराबरको कोष पनि फुकुवा गरिदिएको छ । स्विटजरल्याण्डमा हालै भएको वार्तापछि अमेरिकाले गरेका यी निर्णयबाट दुई देशबीचको तनाव केही कम भएको संकेत देखिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी अर्थ ...
। बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। लेबर पार्टीभित्रबाट बढ्दो दबाब र पार्टीका सांसदहरूको तीव्र असन्तुष्टिपछि स्टार्मरले यो निर्णय लिएका हुन्। बीबीसीका अनुसार, आगामी केही साताभित्र लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा पदमा रहिरहनेछन्। आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले भने, ‘मैले सधैँ ...