मुख्य समाचार
शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी नभएको स्पष्ट पारेको छ
शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी नभएको स्पष्ट पारेको छ

: शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी नभएको स्पष्ट पारेको छ । सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नजितामा त्रुटी र लापरवाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन् ।

उनले शिक्षकहरुलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन गर्न सफल भएको उल्लेख गरे । उनले नजिता प्रकाशनका बिषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटी फेला नपरेको र इमानदारीपूर्वक, कपी परीक्षण भएको जानकारी दिए । त्यस्तै सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रियासम्बन्धी विश्वविद्यालयको ऐनका भएको व्यवस्था अनुसार नै रहेको बताए । खुला विश्वविद्यालयको स्थायी शिक्षकको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए ।

सचिव पौडेलले नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले करिव १४ सय विदेशी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिदै विद्यार्थी भिसालाई सहजीकरण गर्ने बिषयमा गृह मन्त्रालयसंग छलफल अघि बढाइएको धारणा राखे । चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउनका लागि नीतिगत निर्णय गर्ने तयारीमा सरकार अघि बढिरहेको उनको भनाइ छ ।



उनले स्वदेशमा अध्ययनपछि रोजगारीको पर्याप्त व्यवस्था हुन नसक्दा नेपाली विद्यार्थीहरु अन्य देशमा अध्ययनका लागि जाने गरेको देखिएको बताए । स्वदेशमा नै रोजगारीको पर्याप्त अवसरका लागि सबैको सामूहिक प्रयास भए विद्यार्थीहरुलाई स्वदेशमा नै रोक्न सकिने आफूहरुको विश्वास रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवको उपचारका ...
। गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले अनलाइनखबरसँग भने । प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अण्डाको अम्लेटमा माछाको ...
। उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी–किमाथाङ्‍का सडक खण्डको विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । अविरल बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी सडक खण्डको भोटखोला गाउँपालिका क्षेत्रका ठाउँ-ठाउँमा पहिरो खसेर खाँदबारी—किमाथाङ्का सडक अवरुद्ध भएको छ । शनिबार राति बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत संखुसभाको खाँदबारी–किमाथाङ्का भोटखोला गाउँपालिका —३ सिरेक देखि हटिया सडक खण्डको ८८ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यमा खस आर्यकै वर्चस्व रहेको पाइएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनअनुसार रास्वपाको सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ छ । यसमध्ये पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ छ भने महिलाको संख्या ८९ हजार ८९६ ...
। नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धी अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खडा गरेको बताएका छन् । उनले विश्वविद्यालयहरूको पदाधिकारी तत्काल नियुक्त गरी त्यहाँ देखिएका समस्या समाधान गराउनका लागि पनि सरकारलाई सचेत गराए । ‘अब बजेट बनाउने बेला र नीति तथा कार्यक्रम नै बनाउने बेलामा विश्वविद्यालय सम्बन्धि पनि अध्यादेश आएको हुनाले त्यसलाई पनि ...