मुख्य समाचार
मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु
मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु

। बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना युवक र एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौं टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन् ।

पैदल यात्रुको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीले राज्यका निकाय अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिएको टिप्पणी गरेका छन् । सोमबार राति फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका छन् । ‘केही समय पहिले सम्पत्ति शुद्धीकरण विभागका डीजीले फोनमा कुराकानी गरेर भोलि काठमाडौंमा आएपछि सम्पर्कमा आउनुहोला भनेर अनुरोध गरेको’ उनले लेखेका छन् । ‘र, ...
। काठमाडौंको कोटेश्वरमा एक कारले चार वटा मोटरसाइकल ठक्कर दिँदा सात जना घाइते भएका छन् । सोमबार राति ग्वार्कोबाट कोटेश्वर तर्फ आउँदै गरेको बा १४ च ४८ २० नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेका चार वटा मोटरसाकललाई ठक्कर दिएको थियो । उक्त कारले बा ९६ प ३३२५, बाप्र ०२०६६ प ९१०७, बाप्र ०२०४१ प ८२८२ र ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नसिध्याए देश कमजोर बनाउन सकिन्न भन्नेहरू मिलेर चुनाव हराएको टिप्पणी गरेका छन् । सोमबार निर्वाचन समीक्षाका साथै पार्टी पुनर्गठन सम्बन्धमा सुझाव लिन सुर्खेतमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमालेले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको र आलोचना गर्ने ठाउँ समेत नरहेको ...
। सरकारले चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि विशेष कार्यदल गठन गरेको छ । प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले कार्यदल गठन भएको जानकारी गराएकी छिन् । समयसीमा र कार्यदेश:कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता (दुई साता) भित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको उनले ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार ...