मुख्य समाचार
इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश
इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश

। साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो ।

यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो ।

खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो । ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

उस्मान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाए । खेलमा इराकविरुद्ध फ्रान्स हाबी बन्यो ।

फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नर्वे एक खेलबाट ३ अंक बनाएर दोस्रो स्थानमा छ । सेनेगल र इराक अंकविहीन छन् ।

खेलपछि फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले इराकविरुद्धको खेल त्यति सहज नभएको बताए ।

‘दोस्रो हाफमा खेल पूर्ण रूपमा हाम्रो नियन्त्रणमा थियो, यद्यपि यसअघि जे–जस्ता घटनाहरू घटेका थिए । त्यसलाई विचार गर्दा यो त्यति सहज भने थिएन । तर जित सुनिश्चित गर्नु निकै राम्रो कुरा हो । हामीले आज राती नै अघिल्लो चरणको यात्रा तय गरिसकेका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...